Nepal Life

ग्लोबल आइएमईको शेयर मूल्य समायोजन, लाभांश हात पारेर पनि शेयरमा छैन घाटा

NMB Bank
  • BFIS News
  • 2024 Nov 22 05:52
ग्लोबल आइएमईको शेयर मूल्य समायोजन, लाभांश हात पारेर पनि शेयरमा छैन घाटा
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन गरेको छ । बैंकले ५.५ प्रतिशत बोनस शेयर वितरणका लागि गरेको बुक क्लोज हुनु भन्दा अगाडी नेप्सेले मूल्य समायोजन गरेको हो । 

Shikhar
NIMB

नेप्सेले बुक क्लोजको अन्तिम समयको शेयर मूल्य २५५ रुपैयाँमा मूल्य समायोजन गरेर २४१.७१ रुपैयाँ कायम गरेको छ । यस सँगै अव आइतबार बैंकको शेयर कारोबार २४१.७१ रुपैयाँबाट सुरु हुनेछ । यसरी बोनस शेयर प्राप्त गर्नेहरुलाई खासै ठुलो असर नपर्ने देखिएको छ । अन्य बैंकको शेयर मूल्य पनि यहि मूल्य वरिपरि भएकाले बोनस खानेले जित्ने भएका छन् । 

बैंकले मंसिर २७ गते वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा सेयरधनीका लागि प्रस्तावित लाभांश पारित गरिने बैंकले जनाएको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने बैंकको सूचनामा उल्लेख छ। साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्दैछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया