Nepal Life

डोनाल्ट ट्रम निर्वाचित भए पछि घटेको सुनको भाउमा लगातार बृद्धि, आइतबार १७ सयले बढेर एक लाख ६७ हजार २००

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Sun 11:25
डोनाल्ट ट्रम निर्वाचित भए पछि घटेको सुनको भाउमा लगातार बृद्धि, आइतबार १७ सयले बढेर एक लाख ६७ हजार २००
Shikhar detail

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम निर्वाचित भए सँगै घटेको सुनको भाउले केहि दिन पनि राहात दिन नपाई फेरि बढ्न थालेको छ । सुनका ट्रेडरलाई मूल्यमा गिरावट आउदा असर गरे पनि नेपाली बजारमा भने राम्रै राहात पुगेको थियो । तर केहि पनि घटेको मूल्यमा स्थिरता देखिएन । 

NIMB

पछिल्लो ६ दिनदेखि लगातार सुनको भाउमा बृद्धि भइरहेको छ । यस अवधिमा  ७२ सय रुपैयाँले बढ्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार, ११ सय, ९ सय, १ हजार र १५ सय रुपैयाँले बढेको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ६० रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदीको भाउ तोलाको १९ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१५.२८ र चाँदी प्रतिऔंस ३१.३४ डलरमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया