Nepal Life

सेबोनको आईपीओ पाइपलाइनमा थपिए ४ नयाँ कम्पनी

NMB Bank
  • BFIS News
  • 2026 Apr 01 16:29
सेबोनको आईपीओ पाइपलाइनमा थपिए ४ नयाँ कम्पनी
National Life

नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चार वटा कम्पनी थपिएका छन् । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन गरी प्रत्येक समूहमा एक-एक कम्पनी आईपीओको पाइपलाइनमा चढेका हुन ।

होटल तथा पर्यटन समूहतर्फ बुढानिलकण्ठ हेरिटिज लिमिटेडले ४९ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । ग्लोबल आईएमई क्यापिटल शेयर निष्काशक तथा बिक्री प्रबन्धक रहेको यो कम्पनीमा अनुभवी शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको मुख्य लगानी रहेको छ ।

Shikhar
NIMB

हाइड्रोपावर समूहमा सभापोखरी हाइड्रोपावरले १० लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ । ई. श्रीराम देवकोटा र डा. लक्ष्मीप्र्रसाद देवकोटाको मुख्य लगानी रहेको यो हाइड्रोपावरको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।

यता लगानी समूहतर्फ इष्टर्न सहारा कम्पनी लिमिटेड २७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आईपीओ पाइपलाइनमा चढेको छ । कृषि र ऊर्जामा लगानी गर्ने गरी स्थापना भएको यो कम्पनीको मुख्य संस्थापकहरुमा महेन्द्र गिरी, कृष्ण रानाभाट, गोपाल भट्टराईलगायत रहेका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन समूहतर्फ नेसनल बायो टेक लिमिटेडले १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएको छ । कृषि क्षेत्रमै काम गर्ने स्थापना गरेको यो कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया