Nepal Life

सुनको भन्सादर पहिलाको भन्दा पनि घट्यो, व्यवसायीको माग पुरा, प्रणालीबाटै भित्रिए सँगै भाउमा सामान्य गिरावट आउन सक्ने

RBB
  • BFIS News
  • 2024 Nov Sun 19:56
सुनको भन्सादर पहिलाको भन्दा पनि घट्यो, व्यवसायीको माग पुरा, प्रणालीबाटै भित्रिए सँगै भाउमा सामान्य गिरावट आउन सक्ने
Shikhar detail

काठमाडौं । सरकारले सुनको भन्सादर घटाएको छ । सरकारले गत आर्थिक वर्षको भन्दा पनि घटाएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्य मार्फत सरकारले सुनको भन्सादर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएको थियो । 

NIMB

सरकारले भन्सादर बढाए सँगै सुनचाँदी व्यवसायीहरुले बैंकबाट सुन खरिद गर्नै छाडेका थिए । व्यवसायीहरुले तिहार अगाडी नै सरकार सँग भन्सादर घटाउने विषयमा सहमति गरेता पनि अहिले भन्सादर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको हो । यस सँगै अव व्यवसायीहरुले बैंकबाट सुन खरिद गर्नेछन् । 

यसरी भन्सादर बढापछि व्यवसायीहरुले चोरबाटो मार्फत सुन भित्र्याउन थाले पछि सरकारले करोडौ रुपैयाँ भन्सार गुमाउनु परेको थियो । सरकारले सुनको भन्सारदर बढाउदा व्यवसायीहरुले बैंकबाट सुन उठाइरहेका थिएनन् ।

व्यवसायीहरुले महंगो भन्सार तिरेर आयात गरिएको सुन खरिद गर्नै छाडिदिदा सरकारलाई करोडौको राजश्व घाटा लागेको छ । व्यवसायीहरुले बैंकहरुको अनुरोधमा स्टक २०० किलो सुन खरिद गरिदिएका थिए । 

भारतले सुनको भन्सारदर १५ प्रतिशतबाट ६ प्रतिशतमा झारे सँगै व्यवसायीहरुले खुला सिमानाको फाइदा उठाउदै भारतबाटै आयात हुने सुनको प्रयोग गरिरहेका छन् । साथ साथै विदेशबाट आउदा वैधानिक रुपमै २०/२५ ग्राम सुन ल्याउन पाउने भएकाले यसबाट पनि व्यवसायीले राम्रो जोहो गरिरहेका थिए ।

एकातिर भारतले भन्सादर घटाउने अर्को तर्फ नेपालले बढाउदा व्यवसायीहरुले चर्को विरोध जनाउदै आइरहेका थिए । उनिहरुले सरकारसँग पटक पटक छलफल गर्नु परेको थियो । सरकारले बजेटलाई तीन महिनासम्म चलाउन नपाउने भएकाले कार्तिक महिनामा भन्सारदर घटाउने आश्वासन दिएको थियो । 

सुन चादी व्यवसायी महासंघले भन्सारदर ८ प्रतिशतमा झार्न अनुरोध गर्दै आइरहेको थियो । उनिहरुले भारतको भन्सारदर सँग मेल खाने गरि घटाउन अनुरोध गर्दै आएका थिए । महासंघले भन्सादर नघटेसम्म बैंक सँग सुन खरिद नगर्ने निर्णय गरेका थिए । यस सँगै अव व्यवसायीहरुले बैंकिङ प्रणालीबाटै सुन खरिद गर्ने बाटो खुलेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार