गार्डियन माईक्रो लाईफले पायो आइपिओ निष्काशन गर्ने अनुमति, २२ लाख ५० हजार कित्ता जारी गर्ने, पहिला बैदेशिक रोजगारमा गएकालाई
- BFIS News
- 2024 Nov Mon 12:00
काठमाडौं । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यहि मंसिर ७ गते आइपिओ जारी गर्ने अनुमति प्रदान गरेको हो ।
कम्पनीले कुल पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । गार्डियनले २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति प्राप्त गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपिओ जारी गर्नेछ । त्यस पछि मात्रै सर्वसाधारणका लागि शेयर जारी गर्न सक्नेछ ।
आइपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ७५ करोड पुग्नेछ । कम्पनीले आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्यका लागि शेयर बिक्री प्रवन्धकमा कुमारी क्यापिटलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया