Nepal Life

बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँ टुङ्गिए सँगै आइपिओको बाढी आउदै, ७२ कम्पनीले साढे ४८ अर्बको आइपिओ निष्काशन गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Mon 12:45
बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँ टुङ्गिए सँगै आइपिओको बाढी आउदै, ७२ कम्पनीले साढे ४८ अर्बको आइपिओ निष्काशन गर्दै
National Life

काठमाडौं । सरकारले नेपाल धितोपत्रपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया टुङ्ग्याए सँगै दोस्रो बजारमा आइपिओको बाढी आउने भएको छ । लामो समयदेखि सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सकेको थिएन । राजनीतिक प्रतिशोध साध्दै उम्मेद्धारहरु विचमै राजनीति गराए पछि सरकारले अन्तत अध्यक्षको मुद्दा टुङ्गोमा पुर्याएको छ ।

NIMB

सम्भवत आजै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुने राजनीतिक बृत्तमा चर्चा छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाफा सिफारिस गरेको छ । यस सँगै सरकारले अव सन्तोषनाराण श्रेष्ठलाई नियुक्त गर्ने चर्चा छ । उनलाई दिपक भट्टको साथ रहेको चर्चा छ । यदि उनि अध्यक्ष भए भने अहिलेको हिमालयन इन्स्योरेन्स तथा रिइन्स्योरेन्स समुहले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हुत्याउने सम्भावना प्रवल छ ।

गएको पुस महिनादेखि धितोपत्र बोर्ड अध्यक्ष विहिन छ । यसले गर्दा अहिले धितोपत्र बोर्डमा आइपिओ निष्काशनको पर्खाइमा कम्पनीको चाङ लागेको छ । धितोपत्र बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले ७२ वटा कम्पनी आइपिओ निष्काशनको पाइपलाइनमा छन् । बोर्डले भर्खरै गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्काशन गर्ने अनुमति पनि दिइसकेको छ ।

यदि बोर्डले भकाभक अनुमति दिदै जाने हो भने ७२ वटा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुबाट ४८ अर्ब ५८ करोड उठाउने छन् । जसमा होटल तथा पर्यटन समुहबाट ७ वटाले ३३ अर्ब ११ करोडको आइपिओ निष्काशन गर्नेछन् ।

हाइड्रोपावर समुहबाट ३७ वटा जलविद्युत कम्पनीले १५ अर्ब ७३ करोडको आइपिओ निष्काशन गर्दै छन् । लगानी समुहबाट तीन वटा कम्पनीले २ अर्ब ८४ करोडको आइपिओ जारी गर्दै छन् । उत्पादन तथा प्रशोधनमुलक कम्पनी मध्ये १५ वटाले २२ अर्ब ६८ करोडको आइपिओ जारी गर्दै छन् । त्यसमा पनि अधिकाम्सले प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव गरेका छन् ।

लघु बीमा कम्पनी मध्ये अझै तीन वटाले ६७ करोड ५० लाख रुपैयाँको शेयर जारी गर्ने भएका छन् । अन्य समुहबाट पनि १० वटाले ३ अर्ब ३२ करोडको आइपिओ जारी गर्दै छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार