Nepal Life

एलआइसी नेपालको हकप्रद शेयर आजदेखि भर्न पाइने, १०० कित्ता बराबर ८८.४५ कित्ताको अनुपातमा लगानी गर्नु पर्ने

NMB Bank
  • BFIS News
  • 2024 Nov 27 10:26
एलआइसी नेपालको हकप्रद शेयर आजदेखि भर्न पाइने, १०० कित्ता बराबर ८८.४५ कित्ताको अनुपातमा लगानी गर्नु पर्ने
United Ajod

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आज (मंसिर १२ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

अर्थात इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया