NIMB Header 2
Nepal Life

ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले जितिन साढे दुई तले घर

National Life
  • BFIS News
  • 2024 Nov 28 05:12
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले जितिन साढे दुई तले घर
Sanima Reliance

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन्।

Shikhar
NIMB

मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजन मार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो। प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट अन्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं. 0३, इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भए। विजेता अन्जुला घिमिरेले रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाएका थिए।

ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न  र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो। यसै अन्तर्गत, २०८० असोज १ देखि कात्तिक ३०, २०८१  गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो।

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे। उनले भने: ‘‘मेरो डिजिटल देश’ अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। देशलाई डिजिटल बनाउने हाम्रो यस  अभियानप्रति योगदान  पुर्याउने सबै नेपालीलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि रेमिट्यान्सलाई डिजिटल र विश्वसनीय बनाउँदै थप प्रभावकारी सेवा प्रदान गर्नेछौं।"

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिँदै भने "डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्वपूर्ण योगदान पुर्याएको छ। यस अभियान मार्फत, हामीले इसेवाबाट रेमिट्यान्स सेवा सहज, छिटो र विश्वसनीय बनाउँदै विदेशमा रहेका नेपालीहरूको मेहनतको कमाईलाई उनीहरूका प्रियजनहरूसम्म सुरक्षित रूपमा पुर्‍याउने प्रयास पनि गर्यौं ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो। यसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया