Nepal Life

छोराको बीमा शुल्कका लागि अभिकर्ता बनेकी नेपाल लाइफकी पुनम पौडेल लगातार दुई पटक एमडिआरटी बन्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Thu 13:13
छोराको बीमा शुल्कका लागि अभिकर्ता बनेकी नेपाल लाइफकी पुनम पौडेल लगातार दुई पटक एमडिआरटी बन्न सफल
Shikhar detail

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगञ्ज शाखाबाट पुनम पौडेल लगातार दुई वर्षदेखि एमडिआरटीको लक्ष्य पुरा गरेकी छिन् । नेपाल लाइफमा विगत १४ वर्षदेखि लगातार अभिकर्ताको रुपमा काम गर्दै आइरहेको पुनमले अहिलेको चरम आर्थिक मन्दी र जटिल परिस्थितिमा पनि आफुलाई अब्बल अभिकर्ताको रुपमा स्थापित गर्न सफल भइन् ।

NIMB

बर्दियामा जन्मिएकी पुनम पौडेलको अहिलेको बसाइ तथा जीवन बीमा व्यवसाय भने नेपालगञ्जमा केन्द्रित छ । अभिकर्ता पेशाका अतिरिक्त नेपालगञ्ज टक्सार रियल स्टेटमा पनि काम गर्दै आइरहेकी उनले आफ्नो सम्पुर्ण खालि समयलाई बीमामै प्रयोग गर्छिन् ।

उनकै साथि कल्पना पौडेलले उनको छोराको बीमा गरिदिए पछि उनि छोराको बीमा शुल्क भुक्तानीका लागि अभिकर्ता पेशामा प्रवेश गरेकी थिइन् । जतिवेला उनि कस्मेटिक पसल सञ्चालन गर्थिन् । पसल चलाउदा चलाउदै आफ्नै घर परिवारका सदश्यहरुको बीमा गरेर उनले आफुलाई यस पेशामा अगाडी बढाएकी थिइन् । क्रमिक रुपमा छिमेकी साथिभाइ हुँदै गाउँ टोलका मानिसहरुको पनि बीमा गराउन उनि सफल भइन् ।

उनलाई यस पेशामा यतिसम्म रस पस्यो कि नेपाल लाइफले मोटरसाइकल, स्कुटर, गाडीको स्किम ल्याउदा जसरी पनि मोटरसाइकल तथा स्कुटरको स्किम जिन्नु पर्छ भनेर लागिन् । उनको त्यो प्रयास सफल पनि भयो । सुरुवाति दिनमा पनि उनलका लागि बीमा गराउने काम त्यति सहज थिएन ।

समाजमा राम्रो छबी बनाएकै कारण उनले आफुलाई निरन्तर रुपमा यसै पेशामा सक्रिय बनाइन् । प्राय मानिसहरु एक दुई वर्ष काम गरेर अभिकर्ता पेशाबाट बहिर्गमन हुन्छन् । तर उनले विगत १४ वर्षदेखि अनवरत रुपमा आफूलाई यस पेशामा समाहित गराउदै आएकी छिन् । यहि निरन्तरको प्रयासकै कारण उनले २०२४ र २०२५ को लागि एमडिआरटीको लक्ष्य हासिल गरेरै छाडिन् ।

उनि भन्छिन् 'मैले कहिल्यै पनि यस पेशाबाट पलायन हुने सोच बनाइन । जसले गर्दा म दुई पटक एमडिआरटी बन्न सफल भए ।' उनले थपिन् 'जतिवेला अहिलेको जस्तो बीमा गराउन सहज पनि थिएन । बीमितलाई धेरै बुझाउनु पर्थ्यो । अहिले बुझाउन धेरै सजिलो छ ।'

सुरु सुरुमा साना साना बीमा गराउदै अगाडी बढिन् । कम्पनीले ल्याएका हरेक स्किमलाई प्राप्त गर्ने कोशिस गरिन् । कयौ स्किम हात पारिन् । एमडिआरटी पनि त्यसैको निरन्तरता भएको उनि स्वीकार्छिन् । यसरी सामाजिक काममा हिडिसके पछि कहिले गालि त कहिले तालि दुबै पाइने उनको अनुभव छ । उनले थपिन् 'सामाजिक काममा हिडिसके पछि धेरै जसोले व्यक्ति हेरेरै बीमा गर्न स्वीकार गर्नु हुन्छ । कतिपयले जोखिम कभर पनि हुने र बचत पनि हुने दृष्टिकोणबाट बीमालाई बुझिदिनु हुन्छ जसले पनि बीमा गराउन सकिन्छ ।'

अहिलेको आर्थिक मन्दीको समयमा एमडिआरटीको लक्ष्य पुरा गर्न निकै कठिन भएको उनि बताउछिन् । अहिले व्यवसायी जागिरे तथा व्यापारी सबैलाई गाह्रो छ । उनि भन्छिन् 'सबैलाई अलिकति भए पनि बचत गरौ भन्ने लाग्दो रहेछ त्यसैले बीमा गराउन धेरै गाह्रो छ ।'

अहिलेको विषयम परिस्थितिमा पनि कम्पनीको तर्फबाट निरन्तर हौसला र साथ सहयोग गर्ने कम्पनीको नेपालगञ्ज शाखा प्रमुख विष्णु शर्मा प्रति उनले विशेष आभार प्रकट गरेकी छिन् । त्यस्तै उनलाई सुरुवाती अवस्थामा नेपाल लाइफको तत्कालिन शाखा प्रमुख धनबहादुर डाङ्गीले पनि राम्रो सहयोग गरेका थिए । 

उनले अहिलेसम्म साढे २ सय भन्दा धेरैको बीमा गराइसकिन् । आफुले बीमा गराएका अधिकाम्सलाई उनि बीमा शुल्क भुक्तानीका लागि आफै फोन गर्छिन् । बीमा शुल्क समयमा भुक्तानी गर्न अनुरोध गर्छिन् । उनले एमडिआरटी मात्रै नभए नेपाल लाइफले हरेक वर्ष उत्कृष्ट अभिकर्ताहरुलाई गर्ने सम्मान कार्यक्रम अन्तर्गत समृद्धि पदक पनि हात पारेकी छिन् । नेपाल लाइफले हरेक आर्थिक वर्षमा ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्नेलाई समृद्धि पदक, ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्नेलाई  रत्न पदक र एक करोड भन्दा धेरै बीमा शुल्क आर्जन गर्नेलाई सम्राट पदक मार्फत सम्मानित गर्ने गरेको छ । 

बीमा गराइसके पछि पनि उनि निमयित रुपमा भेटघाट गर्ने कुराकारी गर्ने गर्छिन् । बीमाले हरेकको जीवनमा महत्व राख्दछ । अहिले बीमा गर्दा बचत भइरहेको हुन्छ भने भोलिका दिनमा केहि भइहाल्यो भने जोखिम पनि कभर हुने भएकाले यो सबै दृष्टीकोणबाट उत्तीकै महत्वपुर्ण रहेको उनि बताउछिन् । उनि भन्छिन् 'भोलिका दिनमा आफुलाई केहि भइहाल्यो भने पनि पारिवारिक अवस्था तल झर्न दिदैन । जुनसुकै दृष्टिकोणबाट बीमा हामी सबैको जीवनमा अपरिहार्य छ ।'

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया