Nepal Life

नेक्सजेन म्यानेजमेन्ट तथा सामूदायिक रेडियो प्रसारक संघ बिच व्यवस्थापकिय र वित्तीय सुदृढिकरणको लागि सम्झौता 

RBB
  • BFIS News
  • 2024 Nov Thu 14:06
नेक्सजेन म्यानेजमेन्ट तथा सामूदायिक रेडियो प्रसारक संघ बिच व्यवस्थापकिय र वित्तीय सुदृढिकरणको लागि सम्झौता 
Shikhar detail

काठमाडौं । सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ (ACORAB) नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रा. लि. बिच सम्झौता सम्पन्न भएको छ ।

NIMB

देशै भरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिबृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुबै सस्था बिच सहमती भएको हो ।

संघको केन्द्रिय कार्यालय ललितपुर चाकुपाट स्थित कार्यालयमा मिति २०८१ मंसिर १३ गते सम्झौता भएको हो। सम्झौता पत्रमा सामूदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रवन्ध संचालक रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सामूदायिक रेडियो प्रसारक संघ, देशैभरि संचालित गैर नाफामूलक सामूदायिक रेडियोहरूको छाता संगठन हो। संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन । संघले आफ्ना सदस्य रेडियोहरूको सुसंचालन, वित्तिय श्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आईरहेको छ।

संघ अन्तर्गत आफ्नै सामूदायिक सुचना नेटवर्क (CIN) र अनलाईन पोर्टल cinkhabar.com संचालित छ। संघले बिहान बेलुका ३५० वटा रेडियोहरूबाट समाचार प्रसारण गर्दै आईरहेको छ । संघले बिभिन्न एनजिओ, आइएनजीओहरू संगको सहकार्यमा समुदाय लक्षित सूचनामूलक, जनचेतना मूलक र जिवन स्तर उकास्ने किसिमको सामाग्री निर्माण गरि ३५० वटै सामूदायिक रेडियो मार्फत प्रसारण गर्दै आईरहेको छ।

नेक्सजेन म्यानेजमेन्ट २०८१ बैशाख देखि बिशेषज्ञ सेवा दिने गरि संचालित कम्पनी हो । यसले सम्पत्ती व्यवस्थापन सम्बन्धी काम र व्यवसायिक परामर्श दिने काम गर्छ । छोटो अवधीमा यसले देशी बिदेशी कम्पनीहरूसंग सम्झौता र सहकार्य गरि सेवा दिँदै आएको छ । आर्थिक मन्दीको कारण वित्तिय श्रोतको व्वस्था नहुदा धेरै रेडियोहरू क्रमशः समस्याग्रस्त हुंदैछन । सामूदायिक रेडियो प्रसारक संघको लागि वित्तिय श्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य रेडियोहरूको प्रभावकारी संचालनमा सहयोग र सहकार्य गर्नेगरि संघ र नेक्सजेन बिच यो सम्झौता भएको जानकारी गराउन चाहन्छौ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार