Nepal Life

सूचिकृत कम्पनीले लाभांश घोषणा नगर्दा शेयर बजारमा आउन सकेन रौनक, बोसनबाट दशै खर्च जोहो होला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 15:15
सूचिकृत कम्पनीले लाभांश घोषणा नगर्दा शेयर बजारमा आउन सकेन रौनक, बोसनबाट दशै खर्च जोहो होला ?
Sanima Reliance

काठमाडौं । भदौ महिना शेयर बजारका लगानीकर्ताका लागि उत्साहित बनाउने महिना हो । सूचिकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांशबाट प्रतिफल घोषणा गर्ने भएकाले यस महिनामा जहिले पनि बजार सुधार हुने गर्छ । तर यस वर्ष केहि म्युचुअल फण्ड बाहेक कसैले पनि लाभांश घोषणा गरेका छैनन् ।

NIMB

बाणिज्य बैंकहरुले अझै पनि कति लाभांश दिन्छन् भन्ने अन्योलता कायमै छ । यसले गर्दा दोस्रो बजारमा पनि खासै रौनक आउन सकेको छैन । दशै अगाडी नै हातमा नगद आउने गरि बैंक वित्तीय संस्था तथा सूचिकृत कम्पनीहरुले साधारणसभा गर्ने प्रचलन थियो । तर यस वर्ष दशै अगाडी कसैले पनि लाभांश दिने छाटकाट छैन ।

युनिलिभर लगायत उत्पादन तथा प्रशोधनमुलक कम्पनीले दशै अगाडी नै लाभांश दिने गर्थे । युनिलिभरका लगानीकर्ताले लाभांशबाटै दशै मानउने गरेका थिए । त्यस्तै नविल बैंक, सिटिजन बैंकले पनि समयमै लाभांश दिन्थे । अहिले केहि म्युचुअल फण्ड बाहेक अरुले लाभांश दिने देखिदैन । एक दुई दिनमा लाभांश घोषणा भयो भने दशै अगाडी लाभांश हात पर्न सक्छ । तर लेखापरिक्षण सम्पन्न गरेर सञ्चालक समितिले लाभांश घोषणा गर्न पर्छ । बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिइ लाभांश घोषणा तथा साधारणसभा समेत आह्वान गर्न पाइदैन ।

सञ्चालक समितिले लाभांश घोषणा गर्यो भने साधारणसभाको लागि २१ दिनको समय आवस्यक पर्छ । तर यस पटक दशै धेरै ढिला भएको हुँदा चाह्यो भने सम्भव छ । असोज २८ गते घटस्थापना भएकाले यस वर्ष केहिले दशै खर्च जोहो गरिदिन सक्छन् ।

साताको पहिलो दिनमै नेप्से सूचक २०.५४ अंकले घटेको छ । गएको बिहीबार पनि घटेको शेयर बजार आज सुधार हुने अपेक्षा गरिएको थियो । तर बजारमा सुधार देखिएन । एक ब्रोकरका अनुसार अहिले बजार यसरी घट्नु पर्ने खासै ठुलो कारण छैन । आर्थिक अवस्था सुधारोन्मुख छ । अहिले नै ठुलो प्रभाव पार्ने गरी सुधार हुने लक्षण छैन । अर्को तर्फ बैंक वित्तीय संस्था सँग प्रयाप्त तरलता कायमै छ । यसले बजारमा सुधार हुनु पर्ने थियो । त्यस्तै नयाँ ब्रोकरहरु बजारमा आइरहेका छन् ।

हिजोका दिनमा नयाँ ब्रोकर आएन भनेर रोइलो हुन्थ्यो अहिले किन धेरै ब्रोकर ल्याइयो भन्ने गुनासो सुनिन थालेको छ । नयाँ ब्रोकरले पनि पुरानै लगानीकर्ताको खरिद बिक्री गर्ने भएकाले यसले बजारमा ठुलो प्रभाव पार्न नसकेको विश्लेषण गरिएको छ । यदि बैंकहरुले आफ्नो सहायक कम्पनी मार्फत ब्रोकर सेवा दिन थाले पनि भोलिका दिनमा यसले पक्कै पनि राम्रो प्रभाव पार्छ । अन्यथा  ठुलो प्रभाव पार्ने देखिदैन ।

आइतबार नेप्से सूचक १९९३.३८ अंकमा झरेको छ । कारोबार रकम पनि एक अर्ब २६ करोड मात्रै छ । १९५ वटा कम्पनीको शेयर मूल्य घट्दा २८ वटाको बढेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया