रिलायन्स फाइनान्सले नेपाल प्रिमियर लिगको लुम्बिनी लायन्स सँग गर्यो प्रायोजन सम्झौता
- BFIS News
- 2024 Nov Fri 17:25
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ।
रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता गर्ने छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।
यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्ने फाइनान्स सीईओ समाज प्रकाश श्रेष्ठले प्रस्ट पारेका छन् । लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । अनुभवी र प्रतिभाशाली अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको समूहलाई समेटेको छ।
फ्रेन्चाइजको सबैभन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन्, जसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए । यसका साथै भारतका यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका म सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन् । फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा बिबेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन् ।
नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिनेछन्, र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किड्ससँग आफ्नो पहिलो खेल खेल्नेछ।
प्रतिक्रिया