Nepal Life

बीमा अभिकर्ता संघ नेपाल लाइफको काठमाडौं शाखा समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा जीवन वास्कोटा निर्वाचित

NMB Bank
  • BFIS News
  • 2024 Nov 29 20:46
बीमा अभिकर्ता संघ नेपाल लाइफको काठमाडौं शाखा समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा जीवन वास्कोटा निर्वाचित
United Ajod

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको काठमाडौं शाखा समितिको छैठौ अधिवेशन सम्पन्न भएको छ । शाखा कमिटीका अध्यक्ष बद्रि प्रसाद ढकालको समापतित्वमा आयोजना भएको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कयाल, नेशनल सेल्स हेड उपापती पोख्रेल, पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसी, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायत सयौ अभिकर्ताको उपस्थिति रहेको थियो । 

Shikhar
Nepal Life
NIMB

अधिवेशनको खुला सत्रलाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफको उपलब्धीमा अभिकर्ताको ठुलो भुमिका रहेको भन्दै अभिकर्ताका मागहरु पुरा हुँदै गइरहेको बताए । उनले अभिकर्ता साथिहरु सँग सँगै मिलेर काम गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । त्यस्तै पेशागत बीमा अभिकर्ता संघका महासचिव केसीले अधिवेशनको सफलताको कामना गर्दै अव आउने कार्यसमितिले पनि अभिकर्ताको हक हितमा कटीबद्ध भएर काम गर्ने अपेक्षा गरेका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै अधिकारीले नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृतलाई बोनस दर बढाउन अनुरोध गरेका थिए । अभिकर्ता संघले कम्पनी सँग एजेन्सी म्यानेजरको एउटा स्ल्याप थप्ने सहमति भएको जानकारी गराउदै सबै अभिकर्ताको भावना बुझेर नेपाल लाइफ पाठशालालाई परिष्कृत गर्न समेत कम्पनीलाई उनले अनुरोध गरेका छन् ।

आजै सम्पन्न भएको छैठौ अधिवेशनबाट जीवन बास्कोटाको अध्यक्षमा १५ सदश्य कार्यसमितिको निर्वाचन भएको छ । उपाध्यक्षमा मेग बहादुर जी.सी, सचिवमा श्रवण कुमार श्रेष्ठ, सह सचिवमा मेघनाथ भण्डारी, कोषाध्यक्षमा शंकर ठगुन्ना, सदश्यहरुमा सुनिता तामाङ, जैशरा शर्मा पंगेनी, लीलावती महर्जन, भास्कर घिमिरे, विनोद बहादुर कार्की, रामचन्द्र कार्की, रामचन्द्र रिमाल, शोभा अर्याल, चन्द्रकला राई, धन वहादुर घर्ती र सावीत्रा लुईटेल निर्वाचित भएका छन् ।  

यस शाखा कमिटीको पहिलो अधिवेशनबाट कुमार कोइरालाको नेत्रृत्वमा कमिटी गठन भएको थियो । दोस्रो, तेस्रो र चौधौ अधिवेशनबाट लगातार गोगन बहादुर पराजुली क्षेत्रीको नेत्रृत्वमा कमिटी गठन भएको थियो । त्यसैगरी पाँचौ अधिवेशनबाट राजुकुमार शर्मा र निवर्तमान कमिटीको नेत्रृत्व ढकालले गर्दै आएका थिए ।

अधिवेशनलाई संबोधन गर्दै बद्रि ढकालले विगतको नेत्रृत्वले गर्दा अस्तित्वकै लडाइ लड्नु परेको भन्दै दुखेसो पोखेका छन् । उनका अनुसार यस अगाडीको बीमिक समितिले अभिकर्ताहरुको नाममा उठाएको रकमबाट २ करोड भन्दा धेरै रकम हिनामिना गरेको आरोप लगाएका छन् । यस शाखा कमिटीले पेशागत बीमा अभिकर्ता संघ तथा बीमक समिति नेपाल लाइफका हरेक काम कारबाहीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको उनले बताए ।

उनले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै विगतको जस्तो घरभित्रै लडाइ लड्नु पर्ने अवस्थाको सिर्जना नहोस् भन्दै शुभेक्षा व्यक्त गरेका थिए । बीमित तथा अभिकर्ताको हक हितका लागि कम्पनी, नेपाल बीमा प्राधिकरणसम्म पुगेर आवाज उठाउने कमिटी बन्ने आशा व्यक्त गरेका छन् ।

नेपाल लाइफ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै अभिकर्ता सञ्जाल भएको कम्पनी हो । जीवन बीमा व्यवसायमा नेपाल लाइफ एक्लैको २९ प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ । मार्केट लिडरका रुपमा स्थापित नेपाल लाइफले अभिकर्ताको नेत्रृत्व विकासमा पनि उत्तीकै ध्याद दिदै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया