NIMB Header 2
Nepal Life

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, एक अर्ब १५ करोड बोनस शेयर पश्चात चुक्ता पूँजी २४ अर्ब ४६ करोड नाघ्ने

National Life
  • BFIS News
  • 2024 Dec 01 10:52
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, एक अर्ब १५ करोड बोनस शेयर पश्चात चुक्ता पूँजी २४ अर्ब ४६ करोड नाघ्ने
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । यसका साथै बैंकले सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।

Shikhar
NIMB

मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

बैंकले गएको वर्ष ७ प्रतिशत बोनस शेयर दिएको थियो । हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य २५२ रुपैयाँ मात्रै छ । प्रस्तावित लाभांश सस्तो मूल्यमा शेयर खरिद गरेरै प्राप्त गर्न सकिने हुँदा बैंकको कित्ता बढाउन एकदमै राम्रो अवसर रहेको विश्लेषकहरु बताउछन् । 

हाल बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड रुपैयाँ छ । बैंकले एक अर्ब १५ करोड रुपैयाँको बोनस शेयर वितरण गर्नेछ । प्रस्तावित बोनस शेयर वितरण सँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ४६ करोड पुग्नेछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया