Nepal Life

नोक्सानमा रहेको सिटि होटलले पनि ऋण तिर्न हकप्रदको बाटो रोज्यो, शेयर बजारमा भाउ बढाउन ८० प्रतिशत हकप्रद

National Life
  • BFIS News
  • 2024 Dec Sun 11:11
नोक्सानमा रहेको सिटि होटलले पनि ऋण तिर्न हकप्रदको बाटो रोज्यो, शेयर बजारमा भाउ बढाउन ८० प्रतिशत हकप्रद
RBB

काठमाडौं । नोक्सानमा रहेको सिटि होटलले पनि हकप्रदको बाटो रोजेको छ । होटलको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

NIMB

हाल होटलको चुक्ता पूँजी एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कम्पनीले एक अर्ब ३३ करोड रुपैयाँ हकप्रद शेयर निष्काशन गरे सँगै चुक्ता पूँजी एक अर्ब ३३ करोड पुग्नेछ । नोक्सानमा रहेको कम्पनीले दीर्घकालिन कर्जा तिर्न पनि हकप्रद बाटो रोजेको हो । 

आजका दिनमा कम्पनीको तीन अर्ब २५ करोड रुपैयाँ दीर्घकालिन ऋण रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा १३ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा ७ करोड ६३ लाख रुपैयाँ व्याजै तिरेको छ । यसरी आम्दानीको ५० प्रतिशत रकम कर्जा तिर्नमै प्रयोग हुन थाले पछि हकप्रद शेयर निष्काशनको रणनीति बनाएको हो । यस सँगै कम्पनीका शेयरधनीले हकप्रद शेयर निष्काशनको सूचनामा पनि दोस्रो बजारबाट राम्रो पैसा कमाउने छन् । यसरी दोहोरो फाइदा लिन पनि पछिल्ला दिनमा जलविद्युत लगायतका कम्पनीहरुको सुरुमा आइपिओ निष्काशन गर्ने र पछि हकप्रद शेयर निष्काशन गरेर दोस्रो बजारबाट राम्रो पूँजीगत लाभ उठाउने रणनीति देखिन सकिन्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार