दराजमा उच्च व्यवस्थापनको कारण कर्मचारीमा चरम असन्तुष्ठी, नातावाद हाबी हुँदा जागिर छाड्नेको लर्को
- BFIS News
- 2023 Aug 27 16:45
काठमाडौं । अनलाइन सपिङको सेवा दिइरहेको दराज नेपालमा उच्च व्यवस्थापन तहका कर्मचारीको रवैयाका कारण तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम ह्वात्तै बढेको छ । दक्षिणपूर्वी एसियाको बहुराष्ट्रिय कम्पनी दराजको जागिरले जो कोहीलाई आकर्षित गर्छ तर उच्च व्यवस्थापन तहमा रहेका समिति ९/१० जना कर्मचारीका कारण तल्लो तहका कर्मचारीमा चरम असन्तुष्ठी बढ्दै गएको छ ।
दराज नेपाल आफैले कर्मचारीहरुमा गराएको सर्वेक्षण अनुसार ४१.५२ प्रतिशत कर्मचारीले आगामी दुई वर्षसम्म कम्पनीमा टिक्न नसक्ने प्रतिकृया दिएका छन् । यो सर्वेक्षणबाट ३३ प्रतिशत कर्मचारीले मात्रै आगामी दुई वर्षसम्म कम्पनीमा टिक्ने जनाएका छन् भने २५.६ प्रतिशत कर्मचारीले यस विषयमा कुनै पनि सोच बनाएका छनन् । यो भनेको उनिहरु न त कम्पनीबाट पुर्ण रुपमा सन्तुष्ठ नै छन् न त असन्तुष्ठ । तपाई दराज नेपालमा आफ्ना परिवार तथा साथिभाइलाई जागिरको लागि कस्तो सुझाव दिनु हुन्छ भन्ने प्रश्नमा २५.५५ प्रतिशतले जागिर नखान सुझाव दिने प्रतिकृया दिएका छन् भने ४२.२६ प्रतिशतले जागिर खानका लागि सुझाव दिन्छु भनेका छन् ।
यस तथ्याङ्कबाट पनि दराजमा काम गर्ने कर्मचारी कतिसम्म असन्तुष्ठ रहेछन् भन्ने पुष्ठी हुन्छ । सर्वेक्षण अनुसार २८.०१ प्रतिशत कर्मचारीले काम गर्ने वातावरण स्वस्थ नरहेको प्रतिकृया दिएका छन् । ४५ प्रतिशत कर्मचारीले प्रतिकृयाँ नै दिएनन् भने २६.७८ प्रतिशतले एकदमै राम्रो रहेको प्रतिकृयाँ दिएका छन् ।
दराजमा लगभग साढे सात सय कर्मचारीहरु कार्यरत छन् । यहाँ तीन तहका कर्मचारी छन् । पहिलो ‘सि लेभल’का कर्मचारी जसको संख्या लगभग १० जना छन् । जसलाई लिडरसिप पनि भनिन्छ । यो समुहले आफुले चाहेक व्यक्तिलाई जागिरमा राख्ने र नचाहेको व्यक्तिलाई निकाल्ने गर्छन् । गएको वर्ष व्यक्तिगत इगो देखाउदै उच्च व्यवस्थापन तहका कर्मचारीले विजेन मानन्धरलाई जागिरबाटै निकालेका थिए । उनि आफुलाई भएको अन्यायलाई लिएर श्रम अदालत गए । अदालतले उनको पक्षमा फैसला सुनाउदै क्षतिपुर्ती सहित पदस्थापन गर्न आदेश दिएको थियो । अन्तत कम्पनीले काममै नलगाएको अवधिको पनि तलब सुविधा भुक्तानी गर्नु पर्यो । यसरी विना कारण श्रम ऐन विपरित जागिरबाट निकाल्ने अरु कोहि नभएर तिनै उच्च व्यवस्थापन तहका कर्मचारी हुन् ।
मानन्धर जस्ता धेरै कर्मचारीहरुलाई उच्च व्यवस्थापन तहले हटाइसकेको छ । आफुलाई मन परेको र आफ्नो नातागोता भित्रका कर्मचारीलाई संरक्षण गर्ने र अरुलाई नराम्रो व्यवहार गर्ने प्रवृत्तीकै कारण हरेक दिन कुनै न कुनै कर्मचारीको राजिनामा दिने गरेका छन् । अहिले कम्पनीमा राजिनामाको ठुलै चाङ लागेको छ ।
यसरी कर्मचारी बाहिरिन थाले पछि कम्पनीको सञ्चालक समितिले कर्मचारीमा सर्वेक्षण गराएको थियो । सर्वेक्षण पछि पनि कम्पनीले कर्मचारी टिकाउने कुनै पनि रणनीति अख्तियार गर्न सकेको छैन । उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीलाई जति धेरै कर्मचारी छाड्यो त्यति नै आफ्ना मान्छेलाई जागिरमा प्रवेश गराउने मोहले गर्दा उनिहरु चुप लागेर बसेका छन् ।
दराजमा अन्य क्षेत्रको भन्दा आकर्षक तलब सुविधा पाइन्छ । यसले गर्दा उनिहरु आफ्ना नातागोता र साथिभाइलाई जागिरमा छिराउन चाहन्छन् । यसका लागि तल्लो तहका कर्मचारीलाई अनावश्यक तनाव दिने, नसक्ने टार्गेट दिनेदेखि लिएर मानसिक तनाव दिने गरेका छन् । यहि कारणले गर्दा सर्वेक्षणमा पनि २७ प्रतिशतले आफु भन्दा माथिल्लो तहका कर्मचारीले सहयोग नै नगरेको प्रतिकृयाँ दिएका छन् । सहभागिता मुलक काम गर्ने वातावरणलाई लिएर ३०.७१ प्रतिशत कर्मचारीले अस्वीकार गरेका छन् ।
यस्तै कारणले गर्दा दराजले जागिरका लागि आवेदन आह्वान गर्दा समेत प्रयाप्त र दक्ष व्यक्तिको आवेदन नै पर्दैन । कुनै समयमा दराजलाई कर्मचारी छनोट गर्न हम्मे हम्मे पर्थ्यो । अहिले भएका राम्रा कर्मचारीले जागिर नै छाडिरहेका छन् भने नयाँ आउने कर्मचारीहरु पनि त्यति राम्रो छैनन् । भोलिका दिनमा पनि कम्पनीले आफुलाई यसरी नै अगाडी बढाउन खोज्यो भने दराजले आफ्नो ब्राण्डलाई विगार्ने निश्चित छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया