NIMB Header 2
Nepal Life

सरकारले एशियाली विकास बैंक सँग थप १५ अर्ब ऋण लिदै, नविनतम सिञ्चाइ आयोजनामा खर्च गर्ने

National Life
  • BFIS News
  • 2024 Dec 01 17:24
सरकारले एशियाली विकास बैंक सँग थप १५ अर्ब ऋण लिदै, नविनतम सिञ्चाइ आयोजनामा खर्च गर्ने
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले एशियाली विकास बैंक सँग थप १५ अर्ब रुपैयाँ ऋण लिने भएको छ । आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर(करिब १५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

Shikhar
NIMB

त्यस्तै बैठकले चालु आर्थिक वर्षका लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्यप्रति क्विन्टल रु ५ सय ८५ रुपैया कायम गर्ने निर्णय गरेको छ भने उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने एक सम्मेलनमा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले बताए ।त्यस्तै मन्त्रिपरिषद्ले सोमबारबाट प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन तथा भ्रमणलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया