Nepal Life

एनसीएचएलको नायव प्रमुख कार्यकारी अधिकृतमा नीरज मान सैंजु नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 17:42
एनसीएचएलको नायव प्रमुख कार्यकारी अधिकृतमा नीरज मान सैंजु नियुक्त
Shikhar detail

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस 'एनसिएचएल'को नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा नीरज मान सैजु नियुक्त भएका छन् । 

NIMB

सैंजु सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।   

एनसीएचएलले आफ्नो १२६ भन्दा बढि कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), connectRTGS, National Payments Interface (NPI), connectIPS, CORPORATEPAY,NEPALPAY QR र EFT Services सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार