Nepal Life

नेपाल लाइफले चार महिनामा भित्र्यायो कुल १५ अर्ब ४० करोड बीमा शुल्क, बजार हिस्सा २८.८६ %, प्रथम बीमा शुल्क २५ % ले बढ्यो  

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 21:00
नेपाल लाइफले चार महिनामा भित्र्यायो कुल १५ अर्ब ४० करोड बीमा शुल्क, बजार हिस्सा २८.८६ %, प्रथम बीमा शुल्क २५ % ले बढ्यो  
Shikhar detail

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो चौमाशमा १५ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत वर्षको तुलनामा १४.७६ प्रतिशतले बढाएको छ । समग्र जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ८ प्रतिशतले बृद्धि हुँदा नेपाल लाइफले भने १४.७६ प्रतिशतले सुधार गरे सँगै बजार हिस्सा पनि बढाउन सफल भएको छ । कम्पनीको कुल बीमा शुल्क आर्जनमा २८.८६ प्रतिशत बजार हिस्सा रहेको छ । गएको वर्षको यहि अवधिमा २७.१८ प्रतिशत थियो ।

NIMB

समिक्षा अवधिमा कम्पनीले १२ अर्ब ७६ करोड रुपैया आर्जन गरेको छ । यस अवधिमा कम्पनीले प्रथम बीमा शुल्क आर्जन २५.३९ प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीले २ अर्ब  ६४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ११ करोड रहेको छ ।

नेपाल लाइफले कार्तिक महिनामा मात्रै तीन अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कार्तिकमा मात्रै १७ हजार ६५८ वटा पोलिसी जारी गरेको छ । वैदेशिक रोजगार बीमालेख जारी गरेर ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । वैदेशिक रोजगार बीमालेख बाहेक ६४ करोड ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफमा हाल १६ लाख ६२ हजार पोलिसी सक्रिय अवस्थामा छन् ।  

नेपाल लाइफले गएको कार्तिकमा बिलम्ब शुल्कमा व्याज तथा हर्जनामा छुटको प्याकेज ल्याएर पोलिसी नविकरणमा विशेष रणनीति तय गरेको थियो ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार