Nepal Life

बजार विस्तारमा आक्रामक नेशनल लाइफले बजार हिस्सा बढाउदै, कुल तर्फ १२ प्रतिशत प्रथममा १४.४१

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 21:34
बजार विस्तारमा आक्रामक नेशनल लाइफले बजार हिस्सा बढाउदै, कुल तर्फ १२ प्रतिशत प्रथममा १४.४१
Shikhar detail

काठमाडौं । बजार विस्तारमा आक्रामक नेशनल लाइफले आफ्नो बजार हिस्सा क्रमिक रुपमा बढाउन थालेको छ । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा कुल बीमा शुल्क आर्जन २१.६१ प्रतिशतले बढाएको सँगै बजार हिस्सा पनि बढ्न पुगेको हो ।

NIMB

नेशनल लाइफले कार्तिक मसान्तसम्ममा ६ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गएको वर्षको यहि अवधिमा ५ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । यहि अवधिमा कम्पनीले एक अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

कार्तिक एक महिनामा मात्रै कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जसमा नविकरण बीमा शुल्क २ अर्ब एक अर्ब १४ करोड थियो । कार्तिक एक महिनामा नेशनलले १५ हजार ३२२ वटा पोलिसी जारी गरेको छ । हाल नेशनल लाइफमा १५ लाख ७७ हजार वटा पोलिसी जारेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार