महुली लघुवित्तले पायो एफपीओ निष्काशन गर्ने स्वीकृत, एक सय रुपैयाँमै ४ लाख ७५ हजार ४४९ कित्ता जारी गर्ने
- BFIS News
- 2024 Dec Tue 11:04
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो ।
लघुवित्तले एफपीओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया