Nepal Life

नेपाल लाइफका चौलागाई लगातार दोस्रो पटक एमडिआरटी बन्न सफल, नेपाल प्रहरीदेखि अभिकर्तासम्मको सुखद यात्रा

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Tue 17:33
नेपाल लाइफका चौलागाई लगातार दोस्रो पटक एमडिआरटी बन्न सफल, नेपाल प्रहरीदेखि अभिकर्तासम्मको सुखद यात्रा
Shikhar detail

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका जुहारी लाल चौलागाई लगातार दुई पटक एमडिआरटी बन्न सफल भएका छन् । उनले सन् २०२५ को एमडिआरटीको लक्ष्य पुरा गर्नुका साथै नेपाल लाइफले प्रदान गर्ने समृद्धि पदका लागि पनि योग्य भएका छन् । 

NIMB

हर पल एमडिआरटी बन्नु पर्छ भन्ने उनको सोच यस वर्ष पनि पुरा भएको छ । उनि गत वर्ष २०२४ का लागि पनि एमडिआरटी क्वालिफायर्ड भएका छन् । अहिलेको चरम आर्थिक मन्दीको समयमा पनि निरन्तरको प्रयासले यो उपलब्धी हासिल गर्न सकिएको उनि बताउछन् । 

नेपालको अति नै दुर्गम जिल्ला मुगुका जुहारी लाल चौलागाई इन्सेकको प्रशिक्षक, नेपाली प्रहरी हुँदै युएई मा सुरक्षाकर्मी भएर समेत काम गरे । नेपालको कर्णाली  प्रदेश छायानाथ रारा नगरपालिका वडा नम्बर २ मुगु चैन गाउँमा  २०४२ कार्तिक ७ गते जन्मिएका जुहारी लाल चौलागाईं (जय प्रकाश ) मध्यम वर्गिय परिवारमा हुर्केका चार छोरा  मध्येका साइला छोरा हुन् । सानैदेखि शान्त र सरल स्वभावका चौलागाई नेतृत्वलाई भुमिका बहन गर्ने सक्ने क्षमता राख्थे । यहि स्वभावका कारण उनले कक्षा १२ को अध्ययन पछि माओवादी द्धन्द्धको समयमा (इन्सेक) नाम संस्थामा मानब अधिकार सु-शासन तथा द्धन्द रुपान्तरण को प्रशिक्षक भएर १ बर्ष जति काम गरे पछि २०६३ साल फागुनमा नेपाल प्रहरीको  प्रहरी जवान पदमा भर्ना भए ।

जागिरको शिलशिलामा नेपालगन्ज, दाङ, काठमान्डौमा ट्राफिक प्रहरी भएर राष्ट्र सेवकको भएर  काम गरेको अनुभव बटुले । आफ्नो आर्थिक अवस्थालाई थप मजबुद बनाउने सिलसिलामा उनले २०७० साल चैतमा नेपाल प्रहरीको जागिरे जीवनबाट अवकास लिएर वैदेशिक रोजगारको बाटो रोज्न पुगे । वैदेशिक रोजगारीको शिलशिलामा युएइमा सुरक्षा क्षेत्रमा सुपरभाइजर भएर एकदमै राम्रो काम गरे । कामको शिलशिलामा उनि धेरै पटक पुरस्कृत भए ।

लगातार ४ वर्षको काम पछि उनले बल्ल तीन महिनाको छुट्टी पाए । छुट्टीका क्रममा उनि नेपाल आए । यसै क्रममा उनको आफ्नै नाता भित्रका बादु राजबंशी सँग बीमाको विषयमा कुराकानी भयो । यहीबाट बल्ल उनको जीवनमा बीमाले प्रवेश पायो । राजवंशीले चौलागाईंलाई सधै विदेशमा मात्रै बसेर हुँदै नेपालमै केहि गर्नु पर्छ नत्र विदेशबाट आए पछि नेपालमा केहि गर्न सकिदैन भने पछि उनि सोच मग्न भए ।

त्यसो भए के गर्ने त । राजवंशीले उनलाई नेपाल लाइफको अभिकर्ता बन्न सुझाव दिए । तत्कालिन समयमा जीवन बीमा व्यवसायको पहुँच एकदमै कम थियो । नेपालमा बीमा क्षेत्रमा धेरै ठुलो अवसर रहेको हुँदा आगामी दिनमा स्थापित हुन सकिने कुराले उनको मन छोयो । सधै जागिरे जीवन बिताएका चौलागाईंलाई जीवन बीमा अभिकर्ता जस्तो स्वतन्त्र पेशा मन पर्यो । नत तोकिएको समयमा ड्युटी गर्नु पर्ने न त कुनै सिमा भित्र कैद भएर बस्नु पर्ने । स्वतन्त्र पूर्वक जीवन बीमाको बारेमा बुझाउदै हिड्न पाइने । आम्दानी पनि अन्य पेशामा पनि आकर्षण त्यस पछि त के चाहियो उनले वैदेशिक रोजगारमा अव लामो समय नबस्ने निधि गरे । 

आफन्तले यो समय जीवन बीमा अभिकर्ताको लागि स्वर्णिम समय हो भनेको भरमा उनले नेपाल लाइफबाट २०७४ साल साउनमा अभिकर्ताको लाइसेन्स लिए । अभिकर्ता बनेको २२ औं दिनमा एजेन्सी म्यानेजर भए । सबै जना सँग छिटो घुलमिल हुने, सहयोगी भावनाका चौलागाईंले तीन महिनाको अवधिमा आफ्नै सेल्फ कोडबाट ५३ लाख प्रथम बीमा शुल्क भित्र्याए । नेपालगञ्ज शाखाले उनलाई सम्मान गर्यो ।

यति आकर्षक र सम्मानित पेशा हुँदा हुँदै किन विदेशमा गएर काम गर्ने । उनले नेपालमै बस्ने अठोट बनाए । तीन महिनाको विदा पछि आफ्नो रिजाइन लेटर लिएर युएई गए । आफुले पाउने सबै सेवा सुबिधा लिएर उनि नेपाल फर्किए । तीन महिनामै आफ्नो क्षमता बुझिसकेका चौलागाईले आफ्नो शीप कलालाई बीमा क्षेत्रमा प्रयोग गर्दै गए ।

नेपाल लाइफ इन्स्योरेन्स नेपालगञ्ज शाखामा कार्यरत चौलागाईं एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर हुँदै यस बर्ष उत्कृष्ट बीमा ब्यवसाय गरि विश्वका अभिकर्ताहरुको सान मिलियन डलर राउन्ड टेबल ‘एमडिआरटी’ २०२४ र २०२५ का लागी योग्य भए । यस्तो उपलब्धी सम्मान न त उनले सरकारी जागिर न त वैदेशिक रोजगारीबाट पाउने थिए । उनले नेपालमै बसेर बीमाको बारेमा बुझाउदै सायौ मानिसहरुको सुरक्षाका एउटा पवित्र काम गरिरहेका छन्  ।

हिजोका दिनमा पनि उनले अरुको सुरक्षाकै लागि काम गरे भने आज पनि मानिसको जीवनकै सुरक्षाका लागि काम गरिरहेका छन् । उनि भन्छन् ‘हामी  पसल  बन्द गर्दा घर जादा सटर लगाउनेछौ । मोटरसाइकल चढ्दा हेलमेट लगाउँछौ । गाडीमा बस्दा सिटबेल्ट बाँध्छौ । पौडी खेल्दा लाइफ ज्याकेट लगाउँछौ । साना नानी बाबुहरूको हात आफू भन्दा बायाँ साइटमा समाएर हिँड्छौ । यि सबै सम्भावित दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न अपनाइने सुरक्षाका उपायहरु हुन् ।’

उनले थपे ‘यस्तै जुत्ता लगाउनु, कपडा लगाउनु पनि सुरक्षा भित्रका उपायहरु नै हुन् । यो काम शरीरको सुरक्षाका लागि हामीले गरिरहेका हुन्छौ र जीवनमा हर समय हामी कुन न कुनै प्रकारले सुरक्षाका उपायहरु अपनाई नै रहेका हुन्छौ ।’ त्यसैगरी हामीले पनि हाम्रो र परिवारको जीवन बीमा अनिवार्य गर्नुपर्ने उनको सुझाव छ । 

उनि हरेक बीमितको घर घरमा पुगेर बीमाको बारेमा बुझाउदै आइरहेका छन् । बीमालाई सामाजिक सेवाको भावबाट हेर्दै आइरहेका चौलागाईले यसैमा आफ्नो जीवन अर्पने अठोट बनाएका छन् ।

अहिलेको विषयम परिस्थितिमा पनि कम्पनीको तर्फबाट निरन्तर हौसला र साथ सहयोग गर्ने कम्पनीको नेपालगञ्ज शाखा प्रमुख विष्णु शर्मा लगायत सम्पुर्ण बीमितहरु प्रति उनले विशेष आभार प्रकट गरेका छन् । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार