श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको करिब २ प्रतिशत लाभांश घोषणा
- BFIS News
- 2024 Dec 04 11:00
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १.९६४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समिति बैठकले १.८६५९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.०९८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.०५ प्रतिशत लाभांश दिएको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया