Nepal Life

समयमा पैसा नदिए पछि ब्रोकर प्रति लगानीकर्ता आक्रोशित

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 07:06
समयमा पैसा नदिए पछि ब्रोकर प्रति लगानीकर्ता आक्रोशित
Sanima Reliance

काठमाडौं । ब्रोकरहरुले समयमै भुक्तानी नदिए पछि लगानीकर्ताहरुले सामाजिक सञ्जालमै ब्रोकरको नाम किटेर आरोप लगाउन थालेका छन् । ब्रोकरहरुले लगानीकर्तालाई शेयर बिक्री गरे पछिको पैसा दिन महिनौ लगाउने गरेको उनिहरुको गुनासो छ । ब्रोकरहरुले महिनौ पैसा नदिए पछि लगानीकर्ताले सामाजिक सञ्जालमै आक्रोस पोख्दै आइरहेका छन् । 

NIMB

नियम अनुसार ब्रोकरले कारोबार राफसाफ भए पछि लगानीकर्तालाई पैसा दिनु पर्छ । यो समस्या ब्रोकरमा मात्रै नभएर लगानीकर्तामा पनि छ । ब्रोकरले ग्राहकहरुलाई टिकाइराख्न खातामा पैसा नआइ शेयर खरिद बिक्रीको सुविधा दिने गरेका छन् । यसले गर्दा लगानीकर्ताले शेयर खरिद गरेको लामो समयसम्म ब्रोकरलाई पैसा दिदैनन् । कतिपयले त खरिद गरेको शेयर ४/५ दिन पछि बिक्री गरेर सल्टाउन भनेका हुन्छन् । बढ्दो बजारमा लगानीकर्ताले भने अनुरुप चल्छ तर घट्दो बजारमा घाटाखाएर शेयर बिक्री गर्ने कुरा आउदैन । यसले गर्दा ब्रोकरले पनि लगानीकर्ताबाट समयमा पैसा पाउदैनन् ।

आफ्ना नियमित लगानीकर्तालाई उधारोमा शेयर खरिद गर्ने सुविधा दिदा शेयर बिक्री गर्ने लगानीकर्तालाई पनि उनिहरुले समयमा पैसा दिन सक्दैनन् । नेपाल स्टक एक्सचेन्जले लाइभ कारोबारमै लाइभ सेटलमेन्टको व्यवस्था गरे पनि ब्रोकरहरुले नेप्सेको यस्तो व्यवस्थालाई पच्छ्याउने गरेका छैनन् ।

कोल्याट्रल नराखी शेयर खरिद गर्न पाइदैन । कोल्याट्रलमा अनिवार्य पैसा जम्मा गर्नु पर्ने व्यवस्था गरिदिने हो भने यो समस्या आउदैन तर ब्रोकरले लगानीकर्तालाई विना पैसा कोल्याट्रलको सुविधा दिन्छन् । नदिने हो भने कारोबार पनि हुँदैन र कमिशन पनि आउदैन । यसले गर्दा ब्रोकरकै लापरवाहीले गर्दा यस्तो समस्या आएको हो । अव बजारमा ४३ वटा नयाँ ब्रोकर आउदैछन् । यसले बजारमा झन् अस्वस्थ प्रतिस्पर्धा बढाउछ ।

जसले पारदर्शी रुपमा कारोबार गर्न खोज्छ उसले बजार सञ्चालन गर्न सक्दैनन् । जसले अवान्छित सुविधा दिन्छन् उनिहरुले ग्राहकलाई समयमा पैसा भुक्तानी गर्न सक्दैनन् । त्यसैले आफू सँग लिक्वीटी नभएकाले यस्तो सुविधा दिदा समस्या देखिएको हो । समयमा भुक्तानी नपाउदा लगानीकर्ताहरुलाई धेरै गाह्रो परिरहेको कुरालाई पनि ब्रोकरले ख्याल गर्नु पर्छ । शेयर बिक्री गरेर गर्जो टारौ भन्नेहरुका लागि यस्तो अभ्यासले समस्या पर्छ । केहि सिमित लगानीकर्तालाई सुविधा दिन खोज्दा लाखौ लगानीकर्ता पिडित हुनु कदापी पनि न्यायोचित हुँदैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया