प्रहरी कल्याण कोषले अमेरिकी डलरलाई मुद्दती निक्षेपका लागि गर्यो आह्वान, व्याजदर बोलकबोल

  • BFIS News
  • 2023 Aug Mon 22:17
प्रहरी कल्याण कोषले अमेरिकी डलरलाई मुद्दती निक्षेपका लागि गर्यो आह्वान, व्याजदर बोलकबोल

काठमाडौं । प्रहरी कल्याण कोषले बाणिज्य बैंकहरुलाई मुद्दती निक्षेपका लागि व्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ । कोषले विभिन्न बाणिज्य बैंकहरुमा रहेको अमेरिकन डलर रकम ‘क’ वर्गका बाणिज्य बैंकहरुमा एक वर्ष अवधिका लागि मुद्दती निक्षेपमा जम्मा गर्ने भएको हो ।

 

बाणिज्य बैंकहरुले आगामी सात दिन भित्रमा अर्थात भदौ १७ गतेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् । आवेदकले कोषको इमेल ठेगा वा कार्यालयमै गएर आवेदन दिन सक्ने छन् । प्रस्ताव पेश गर्दा व्याजदर नोक्नु पर्नेछ । जसमा नविकरणका लागि र नया मुद्दतीका लागि छुट्टा छुट्टै दर तोक्न सक्ने छन् । जसमा कोषले व्याजदर प्राप्त गर्ने अवधि दैनिक/मासिक/त्रैमासिक के हो खुलाउनु पर्नेछ ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय मिसनमा जादा डलर भित्र्याउने गरेका छन् । विभिन्न समयमा आर्जन हुने यस्तो रकमलाई प्रहरीले कल्याणकारी कोषमा जम्मा गर्दै आइरहेको छ । जुन रकम प्रहरीहरुको हक हितका लागि खर्च हुन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया