Nepal Life

अर्थमन्त्री पौडेल र केपी ओली विच दुरी बढाएर आफै अर्थमन्त्री बन्न खोज्दै युवराज खतिवडा !

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Mon 05:31
अर्थमन्त्री पौडेल र केपी ओली विच दुरी बढाएर आफै अर्थमन्त्री बन्न खोज्दै युवराज खतिवडा !
Shikhar detail

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आइतबार साँझ सार्वजनिक कार्यक्रममा आफ्नो र प्रधानमन्त्री विच मनमुटाव नभएको भन्दै अभिव्यक्ति दिनु परेको छ । 

NIMB

अर्थमन्त्री पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन् । आइतबार कला परिषषदमा आयोजित फोटो प्रदर्शनी अवलोकनको क्रममा सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिएका हुन् । उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताए । उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायकसमेत नभएको उल्लेख गरे ।

यद्यपी सञ्चार माध्यमदेखि हरेक व्यक्तिहरु प्रधानमन्त्री र अर्थमन्त्री विचमा विवाद भएको अव उनलाई प्रधानमन्त्रीले हटाउछन् भन्ने हल्ला चल्यो । दुइ विचको हल्लाको कारण भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा रहेको बुझिएको छ । 

युवराज खतिवडा आफै अर्थमन्त्री बन्न खोजिरहेको र उनले दुई विच दुरी बढाउन काम गरिरहेका हुन सक्छन् । नेकपा एमालेको अधिवेशन नजिकिदै गर्दा गुटगत समिकरणमा व्यापक फेरबदल भइरहेको छ । फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओली अहिले कर्नरिङमा पर्दै आइरहेका छन् । 

कर्णबहादुर थापा, खगराज अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, शेरधन राई, विमला राई पौड्याल, डोरमणि पौडेल, गोकुल बाँस्कोटा लगायत नेताहरू पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा ल्याउन सक्रिय छन् । आन्तरिक समिकरणमै उनिहरुले विद्यादेवीको नाममा गुट तयार पारिसकेका छन् । यसले गर्दा पनि ओली भण्डारीको गुटलाई खेदिरहेका छन् । यहि विषय बाहिर आउदा अर्थमन्त्री पौडेलको विषयमा पनि सञ्चार माध्यममा हल्ला चलेको हो । 

अर्थमन्त्री पौडेल शेयर बजारले रुचाएका व्यक्ति हुन् । उनि अर्थमन्त्री हुने चर्चाले मात्रै शेयर बजारमा ठुलो उछाल आएको थियो । जवकी खतिवडा अर्थमन्त्री हुने चर्चाले शेयर बजार ओरालो झरेको थियो । यदि खतिवडा अर्थमन्त्री हुने लयमा लागे भने शेयर बजारले अर्को दुर्गती बेहोर्नु पर्छ । उनि कहिल्यै पनि शेयर बजार प्रति सकारात्मक छैनन् । उनकै जोडबलमा नियुक्त भएका अहिलेका गभर्नर महाप्रसाद अधिकारीकै कारण शेयर बजार तीन वर्षसम्म शुशुष्त अवस्थामा रह्यो । 

यहि चैतमा गभर्नर अधिकारी घर जादै छन् । यहि सत्तासमिकरण रहिरह्यो भने गभर्नरमा अर्थमन्त्री पौडेल भन्दा पनि आर्थिक सल्लाहकार खतिवडाको निर्णय हाबी हुने निश्चित छ । खतिवडाले पुर्व सचिव रामेश्वर खनाललाई गभर्नर बनान सक्नेसम्मका आकलन सुरु भएका छन् । यद्यपी यि सबै कुराहरु बजारमा चलेका हल्लाहरु मात्रै हुन् । यसले ठोस रुप लिने कुरालाई भने हेर्न बाँकी छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया