याम्बालिङ हाइड्रोपावरले पायो आइपिओ निष्काशनको अनुमति, २८ लाख कित्ता शेयर जारी गर्ने
- BFIS News
- 2026 Mar 03 22:53
काठमाडौं । नेपाल धितोपत्र बोर्डले याम्बालिङ हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव स्वीकृत गरेको छ। सेबोनले फागुन १७, २०८२ मा उक्त प्रस्तावलाई अनुमोदन दिएको हो।
स्वीकृत प्रस्तावअनुसार कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। निष्कासन गरिने शेयरमा स्थानीय बासिन्दा तथा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
सार्वजनिक निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। यसैबीच, CARE Ratings Nepal Limited (सीआरएनएल) ले याम्बालिङ हाइड्रोपावर लिमिटेडको ‘CARE-NP BB- (Is)’ इस्युअर रेटिङ पुनः पुष्टि गरेको छ। नेपालमा यस स्तरको रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम वहन गर्ने मानिन्छ।
सन् २००७ मा स्थापना भई सन् २०२१ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको याम्बालिङ हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लामा ७.२७ मेगावाट क्षमताको रन–अफ–रिभर प्रकारको याम्बालिङ खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना बीओओटी (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेलमा विकास गरिएको हो र २० फेब्रुअरी २०२४ देखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया