NIMB Header 2
Nepal Life

दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम पनि बढ्यो

IME LIFE
  • BFIS News
  • 2026 May 25 17:50
दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम पनि बढ्यो
United Ajod

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। बजार परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेर बन्द भएको हो।

Nepal Life
NIMB

नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार यो रकम बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

यसदिन ३४२ कम्पनीका एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच भएका छन्। कारोबार भएका कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सोमबार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.०१ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ। त्यसैगरी, सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २९ रुपैयाँ कायम भएको छ।

यता, बुंगल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन्। कम्पनीको सेयर मूल्य १०.३२ प्रतिशतले घटेर प्रतिकित्ता ७३० रुपैयाँमा झरेको छ। क्रेस्ट माइक्रो लाइफको मूल्य पनि ५.५५ प्रतिशतले घट्दै प्रतिकित्ता एक हजार २४४ रुपैयाँ ९० पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ४१८ रुपैयाँमा ६० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९८ प्रतिशतले बढी हो।

यसैगरी, रिडी पावर दोस्रो सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको प्रतिकित्टा ३६७ रुपैयाँमा ३० करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहहरूमध्ये म्युचुअल फण्ड समूहको परिसूचक मात्र ०.२० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहमा हरियाली छाएको छ। जलविद्युत समूह सर्वाधिक १.५० प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया