बीमा प्राधिकरणको अध्यक्षका प्रत्यासीसँग फाफियाको अहिल्यैदेखि वार्गेनिङ, नयाँ लाइसेन्स वितरण गर्नेलाई अध्यक्ष बनाउने !
- BFIS News
- 2024 Dec Mon 06:05
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको कार्यकाल यहि माघ तेस्रो सातादेखि सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा बजारमा अध्यक्ष सलवालले जीवन तथा निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिन लागेको भन्दै ठुलो चर्चा चल्यो । यद्यपी अध्यक्ष सिलवालले नेपालमा बीमा कम्पनीको संख्या धेरै भयो अव मर्जरमा जानु पर्छ भन्दै कम्पनीहरुलाई ठुलो दवाव पनि दिए । उनले बीमकहरुलाई मर्जरमा लैजानु अगाडी आफ्नो कार्यकालभर नयाँ कम्पनीको लाइसेन्स नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले प्रतिवद्धता व्यक्त गरे बमोजिम जीवन तथा निर्जीवन बीमा कम्पनीको लाइसेन्स त दिएनन् बरु माइक्रो इन्स्योरेन्स कम्पनीको नाममा ७ वटा कम्पनीको लाइसेन्स भने फाफियालाई सुम्पिए । यस बाहेक उनि अहिले पनि बीमा कम्पनीको लाइसेन्स दिने पक्षमा छैनन् । हिजोका दिनमा उनले बीमा कम्पनीका सञ्चालक तथा ठुला लगानीकर्तालाई बोलाएर विभिन्न फोरममा म नयाँ लाइसेन्स दिन्न भन्दै पटक पटक प्रतिवद्धता व्यक्त गरेका थिए । केहि दिन अगाडी पनि उनले एउटा सार्वजनिक कार्यक्रममा म नयाँ लाइसेन्स दिने पक्षमा छैन भनेर बोलेका थिए ।
अध्यक्षले नचाहदा नचाहदै किन लाइसेन्सको हल्ला चल्यो भन्दा बीमा प्राधिकरणकै एक अधिकारीका अनुसार यो एजेण्डा अव आउने अध्यक्ष प्रतिको वार्गेनिङ हो । भर्खरै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भए । न त उनि व्युरोक्रेसी न त नेपाल राष्ट्र बैंक न त बैंक वित्तीय संस्थाका अनुभवी नै हुन् । उनि व्यापारी व्यवसायीको तर्फबाट जवजस्त नियुक्त भएका छन् । यस अगाडीका अध्यक्ष रमेश हमाल पनि व्यापारी पृष्ठभुमीका हुन् । यसरी अवका नियामक निकाय कुनै अनुभवी कर्मचारी भन्दा पनि व्यापारी व्यवसायीको प्रतिनिधि हुने ट्रेण्ड देखिएको छ ।
यसले गर्दा व्यापारीले अहिलेदेखिनै बीमा प्राधिकरणको अध्यक्षका लागि वार्गेनिङ सुरु गरेका हुन् । जसले बीमा कम्पनीको लाइसेन्स दिने प्रतिवद्धता व्यक्त गर्छ उसैलाई अध्यक्ष सुम्पिने माफियाको रणनीति प्रष्ट देखिन्छ ।
के छ लाइसेन्समा फाइदा
व्यापारी व्यवसायी र माफियाहरु अहिले जुनसुकै कम्पनीको लाइसेन्समा आखा गाडीरहेका छन् । उनिहरुलाई लाइसेन्स प्राप्त कम्पनीले मुनाफा गरो नगरोस केहि मतलव हुँदैन । लाइसेन्स पाएर आइपिओ निष्काशन गर्ने र दोस्रो बजारबाट क्यापिटल गेन गर्ने बाहेक उनिहरुको कुनै पनि संस्थागत सुशासनमा ध्यान जादैन । सकिन्छ प्रिमियममा आइपिओ निष्काशन गर्ने सकिदैन आइपिओ निष्काशन गरेर संस्थापक शेयरलाई सर्वसाधारणमा कन्भर्ट गरेर एक सयको शेयरलाई ८/९ सयमा बिक्री गर्ने र पहिलाको लगानी उठाएर कम्पनीमा सधै राज गरेर बस्ने ।
पछिल्लो समय हिमालयन रि-इन्स्योरेन्स कम्पनीको शेयर एउटा समुहले हात पार्यो । यहि समुहले बीमा प्राधिकरण, अर्थमन्त्रालय, धितोपत्र बोर्डदेखि राजनीतिक बृत्तमा मोटो रकम सुम्पियो र प्रिमियममा शेयर जारी गर्न सफल भयो । आइपिओ निष्काशन गरेको तीन वर्ष पछि यहि कम्पनीले संस्थापक समुहको १० प्रतिशत शेयर सर्वसाधारणमा कन्भर्ट गर्नेछ ।
अहिले राम्रो सँग व्यवसाय समेत गर्न नसकेका माइक्रोइन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्काशनको अनुमति दिइएको छ । दोस्रो बजारबाट छिटो लाभ लिन यहि समुहका लगानीकर्ताले बीमा प्राधिकरणलाई भनेर यहि पुस भित्र जसरी पनि आइपिओ निष्काशन गर्न निर्देशन दिन लगाएका छन् । जति छिटो आइपिओ आउछ दोस्रो बजारमा त्यति छिटो चलखेल गर्न सकिने दाउ उनिहरुको छ । जम्मा साढे २२ करोड मात्रै दोस्रो बजारमा फ्लट हुने भएकाले यो समुह सबै कम्पनीको शेयर माइक्रो फाइनान्सको जस्तै लेभलमा पुर्याउने दाउमा छन् ।
यसरी नियम कानुनमा व्यापारीको रजगज चल्ने भए पनि नियामक निकायमा उनिहरुको कुदृष्टी परेको हो । अव नियामक पनि व्यापारी व्यवसायी र माफियाले चलाउन थाले पछि सर्वसाधारण लगानीकर्ता भने ठगिने क्रम बढ्नेछ ।
प्रतिक्रिया