Nepal Life

सोमबार हल्का बुलिस डाइभर्सन देखापरेको बजारमा मंगलबार के होला ? प्राविधिक विश्लेषण

Global Ime detail Page
  • अर्जुन डंगोल
  • 2023 Aug Tue 05:53
सोमबार हल्का बुलिस डाइभर्सन देखापरेको बजारमा मंगलबार के होला ? प्राविधिक विश्लेषण
Sanima Reliance

काठमाडौं । सोमबार नेप्से सूचक ५.०९ अंकले सुधार भएर १९९८ दशमलब ४८ अंकमा बन्द भएको छ । सोमबारको शेयर बजारलाई प्राविधिक रुपमा विश्लेषण गर्दा बजार एक्पाण्डिङ वेज प्याट्रनको सपोर्टमा आएर फर्किएको छ । चार्टमा रहेको ब्लु कलरको लाइनलाई एक्सपाण्डिङ वेज प्याट्रन भन्छौ ।

NIMB

साथ साथै १९७७ देखि १९८७ बिचमा निर्माण भएको रातो कलरको बक्स स्ट्रङ सपोर्ट एरियाको रुपमा रहेको छ । चार्टमा देखिएको होरिजेन्टल लाइन र एक्पाण्डिङ वेज प्याट्रनको ब्लु लाइनबाट बजार फर्किएको छ । यहि कारणले सोमबार बजार नघटिकन थामिन पुग्यो । तर बजार यि दुबै सपोर्ट लाइनलाई तोडेर तल झर्यो भने १८३० देखि १८५० भित्र आउन सक्ने सम्भावना उच्च रहन्छ ।

आशा गरौ भोलिका दिनमा यि दुबै एक्पाण्डिङ वेज प्याट्रन तथा बिचको रातो कलरको स्ट्रङ सपोर्टलाई तोड्न नसकोस् । तर विचको बक्समा बजार थामिएन भने अझै पनि बजार तल खस्न सक्ने सम्भावना भने धेरै छ । आशा गरौ एक्पाण्डिङ वेज प्याट्रनको सपोर्ट र होरिजेन्टल ट्रेण्ड लाइन बढोस भन्ने हामी चाहन्छौ । हिजो सबैभन्दा माथिको हरियो ट्रेण्ड लाइनमा बजार ठोकिएर फर्किएको हुँदा बजारका लागि यो सकारात्मक संकेत हो ।

सोमबार हल्का बुलिस डाइभरजेन्स फर्म भएको छ । यसले हल्का बजारलाई माथि लैजाने देखिन्छ । बुलिस डाइभरजेन्सले जहिले पनि बजारलाई माथि लैजाने संकेत गर्दछ । तर यसले सत प्रतिशत माथि लैजान्छ भन्ने हुँदैन मात्रै लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यो प्याट्रन बजारका लागि राम्रो मानिन्छ । 

डराउनु पर्ने पक्ष बजारमा कारोबार लगातार घटिरहेको छ । भोलुम ड्राइ हुँदै गइरहेको छ । जवसम्म बजारमा भोलुम आउदैन बजारले गति लिन सक्दैन । जति धेरै भोलुम बढ्छ त्यसले बजारको बढाइमा दिगोपना ल्याउछ । हिजो ९८ करोड ८६ लाख रुपैयाँको मात्रै खरिद बिक्री भएको छ ।

शेयर बजारलाई एक वर्षदेखि आयाताकारको अवरोध तोड्न कठिन, यस्तो छ प्राविधिक विश्लेषण

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया