Nepal Life

मुक्तिनाथ म्युचुअल फण्डमा माग भन्दा २४ प्रतिशत बढि आवेदन, आगामी १० वर्षसम्म एक अर्बको फण्ड सञ्चालन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Dec 10 20:44
मुक्तिनाथ म्युचुअल फण्डमा माग भन्दा २४ प्रतिशत बढि आवेदन,  आगामी १० वर्षसम्म एक अर्बको फण्ड सञ्चालन गर्ने
United Ajod

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले मंसिर २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ मा माग भन्दा २४ प्रतिशत बढिको लागि आवेदन परेको छ । कम्पनीले आजसम्म निष्काशन गरेको फण्डमा एक अर्ब २४ करोडको लागि आवेदन परेको हो । 

Shikhar
Nepal Life
NIMB

फण्डमा ६५ हजार १८२ जनाले आवेदन दिएका हुन् । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिएका हुन् । यो एक बन्दमुखी योजना हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया