चेक मार्फत अवैधानिक लेनदेन नगर्न राष्ट्र बैंकको आह्वान, ‘तमसुक र धरौटीको रुपमा प्रयोग नगरौ’

  • BFIS News
  • 2023 Aug Tue 06:26
चेक मार्फत अवैधानिक लेनदेन नगर्न राष्ट्र बैंकको आह्वान, ‘तमसुक र धरौटीको रुपमा प्रयोग नगरौ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक मार्फत अवैधानिक कारोबार नगर्न सबैलाई आह्वा नगरेको छ । तमसुक वा धरौटीको रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने काम नगर्न राष्ट्र बैंकले सचेत गराएको छ । खाली चेकमा हस्ताक्षर गरिदिने जस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्ने र कानुन बमोजिमको सजाय सहेत हुने हुँदा होसियारी अपनाउन राष्ट्र बैंकले सबैलाई अनुरोध गरेको छ ।  

त्यसैले चेक मार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकम मात्रै चेक जारी गर्नु पर्दछ । पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसको कारणले चेक जारी गर्ने व्यक्ति/संस्था कालोसूचीमा पर्ने घटना बढेर गएको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको रकमको कारोबारको लागि चेक भरपर्दो उपकरण हो । विनिमेय अधिकारपत्र ऐन २०३४ (पछिल्लो संशोधन २०७५) तथा नेपाल राष्ट्र बेंक ऐन २०५८ ले यसलाई माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैंकउपर खिचिएको विनिमेयपत्रको रुपमा व्याख्या गरेको छ ।

नेपाल राष्ट्र बैंकले भने जस्तै अहिले प्रहरी कार्यालयमा सबैभन्दा धेरै उजुरी चेक अनादरको पर्ने गरेको छ । प्रहरी कार्यालय मार्फत जादा फास्ट ट्र्याकमा काम हुने भएकाले धेरैले पहिलो उजुरी प्रहरी कार्यालयमा हाल्छन् । त्यस पछि नभएमा अदालतमा जाने प्रचलन छ । ठुला ठुला कारोबार चेकको ग्यारेन्टीमा गर्ने गरिन्छ । चेक अनादरको मुद्दा लाग्ने भएकाले यसलाई ग्यारेन्टीको रुपमा पनि प्रयोग गरिन्छ । तर सबैको नियत सफा हुँदैन । गलत नियत हुनेले कानुनी प्रकृयाँबाट फासाउन खोज्यो भने चेक जारी गर्ने व्यक्ति कालोचसूचिमा पर्न सक्दछ । यहि कारणले खातामा प्रयाप्त मौज्दात भए पछि मात्रै चेक काटिनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया