Nepal Life

गरिमा क्यापिटलको म्युचुअल फण्ड पुस ७ गतेदेखि निष्काशन हुने, एक अर्बको 'गरिमा समृद्धि योजना'

NMB Bank
  • BFIS News
  • 2024 Dec 11 07:21
गरिमा क्यापिटलको म्युचुअल फण्ड पुस ७ गतेदेखि निष्काशन हुने, एक अर्बको 'गरिमा समृद्धि योजना'
United Ajod

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले गरिमा समृद्धि योजना निष्काशनमा ल्याउन लागेको हो।

Shikhar
Nepal Life
NIMB

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

सो फण्डको इकाईका लागि पुस ७ गतेदेखि आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

यस अगाडी मुक्ताथ क्यापिटलले निष्काशन गरेको म्युचुअल फण्डमा माग भन्दा २४ प्रतिशत बढि आवेदन परेको थियो । गरिमाले पनि उच्च प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया