यस वर्ष माछापुच्छ्रे बैंकका शेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने घोषणा
- BFIS News
- 2024 Dec Wed 10:52
काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष शेयरधनीको हात खाली राख्ने भएको छ । बैंकले गएको वर्ष १४ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष भने बैंकले लाभांश नदिने भएको हो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप प्रोभिजनिङ गर्नु परे सँगै लाभाश नदिने घोषणा गरेको हो ।
बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
प्रतिक्रिया