अध्यक्ष निलम्बनमा परे सँगै कार्यकारी बिहिन बीमा प्राधिकरण नेतृत्व बिहिन, प्रतिनिधि पठाउने तयारीमा मन्त्रालय
- BFIS News
- 2024 Dec Wed 11:37
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल निलम्बनमा परे सँगै प्राधिकरण नेतृत्व बिहिन बनेको छ । हाल कार्यकारी निर्देशक पद पनि खाली छ । यसरी अध्यक्ष तथा कार्यकारी निर्देशक पद नै खालि भए पछि बीमा प्राधिकरणका प्रतिनिधिहरुले हिजो मंगलबार मन्त्रालय पुगेर नेतृत्व पठाउन अनुरोध गरेका छन् ।
राजुरमण पराजुलीको अवकास सँगै अहिले कार्यकारी निर्देशक पद खाली छ । प्राधिकरणको नयाँ ओएनएम अनुसार कर्मचारी विनियमावली पनि प्राधिकरणमै थन्किएको छ । प्राधिकरणले विनियमावली संशोधनका लागि नियुक्ति प्रकृया कसरी अगाडी बढाउने भन्ने विषयमा लोकसेवामा शैद्धान्तिक स्वीकृतिका लागि पाठइएको छ । लोकसेवाले नियुक्ति प्रकृयाँलाई शैद्धान्तिक स्वीकृति दिए पछि मात्रै नयाँ सिर्जना भएका पदहरु उपकार्यकारी निर्देशक, निर्देशक तथा उप निर्देशकको नियुक्तिका प्रकृयाहरुलाई लोकसेवाले स्वीकृत गर्नु पर्छ । प्राधिकरणले खालि रहेको कार्यकारी निर्देशक पद र नयाँ सिर्जना भएका पदमा पद पुर्तीका कुराहरुलाई एकमुष्ट रुपमा सुल्झाउन खोल्दा प्राधिकरणले अझै नेतृत्वपाउन केहि समय कुर्नु पर्नेछ ।
सिलवालको कार्यकाल यहि माघ १८ गते सकिदै छ । सरकारले पुस १८ गते भन्दा अगाडी नयाँ प्रकृया सुरु गर्न पाउदैन । त्यसैले यस अवधिमा र नयाँ अध्यक्ष नियुक्त भएर नआएसम्मका लागि मन्त्रालयले नै प्रतिनिधि पठाउनु पर्ने अवस्था सिर्जना भएको हो ।
हाल प्राधिकरणको सञ्चालक समितिमा तीन जना मात्रै छन् । कानुन मन्त्रालयबाट मन बहादुर अर्याल, अर्थमन्त्रालयबाट मदन दाहाल र विज्ञका रुपमा सन्तोष रिजाल मात्रै रहेकाले सञ्चालक समिति पनि पुर्ण छैन । अव सरकारले बाँकी सञ्चालक नियुक्त गरि एक जनालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिनु पर्ने भएको हो ।
प्रतिक्रिया