Nepal Life

राधी विद्युतको ५ प्रतिशत लाभांश घोषणा, पुस १८ गते डाक्यो वार्षिक साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Dec 12 10:25
राधी विद्युतको ५ प्रतिशत लाभांश घोषणा, पुस १८ गते डाक्यो वार्षिक साधारणसभा
United Ajod

काठमाडौं । राधी विद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले पुस १८ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया