Nepal Life

मर्जर पछि निर्जीवन बीमा कम्पनीमा देखिन थाल्यो सिनर्जी, अधिकाम्सले सर्वाधिक धेरै व्यवसाय गर्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 12:40
मर्जर पछि निर्जीवन बीमा कम्पनीमा देखिन थाल्यो सिनर्जी, अधिकाम्सले सर्वाधिक धेरै व्यवसाय गर्न सफल
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा मर्जरको सिनर्जी आउन थालेको छ । गएको वर्ष मर्जरमा अल्झेका कम्पनीहरुले यस वर्षको सुरुमै राम्रो व्यवसाय गर्न थालेका हुन् । गएको वर्ष निर्जीवन बीमा क्षेत्रमा  ६ वटा मर्जर सम्पन्न भयो ।

NIMB

यस अवधिमा मर्जरमा गएका कम्पनीहरुलाई कर्मचारी व्यवस्थापन सबैभन्दा धेरै सकसपुर्ण रह्यो । आन्तरिक तथा बाह्य समस्याको चुनौतीहरुलाई सामना गरे सँगै यस वर्षको सुरुमै उनिहरुले आकर्षक प्रस्तुति दिएका हुन् । चालु आर्थिक वर्षको साउन महिनामा निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले घटेको छ । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गएको वर्षको साउन महिनामा ४ अर्ब ४८ करोड थियो । यस वर्ष मर्जरमा गएका भन्दा नगएका कम्पनीको व्यवसाय घटेको देखिन्छ ।

साउन महिनामा सर्वाधिक धेरै व्यवसाय भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । सगरमाथाले साउन एक महिनामै ५५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गएको वर्ष साविक सगरमाथाले एक्लैले ३२ करोड ६२ लाख र लुम्बिनी एक्लैले १७ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

त्यस्तै सिद्धार्थ प्रिमियरले पनि साउन महिनामा ४२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साविक सिद्धार्थले ३० करोड ६२ लाख र साविक प्रिमियरले २१ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

यस वर्ष हिमालयन एभरेष्टले सुरुके महिनामा ३४ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गएको वर्ष ३३ करोड १९ लाख रुपैयाँ थियो । यो कम्पनीले गएको साउन पहिलो सातामै एकिकृत कारोबार शुभारम्भ गरेको थियो । मर्जरमा गएको आईजिआइ प्रुडेन्सियलले यस वर्ष सुरुकै महिनामा ३० करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । गएको वर्षमा साविक आइएमई जनरलको १५ करोड ६७ लाख रुपैयाँ थियो भने साविक प्रुडेन्सियलको १३ करोड ३५ लाख थियो । दुबैलाई जोड्दा पनि अहिले कम्पनीले व्यवसाय बढाउन सफल भएको छ । जवकी यस वर्ष समग्र निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले घटेको छ ।

मर्जरमा गएको युनाइटेड अजोडले पनि यस वर्षको पहिलो महिनामै २६ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । साविक युनाइटेडले साउन महिनामा १० करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो भने साविक अजोडले १६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

मर्जरमा गएको सानिमा जिआइसीले साउन महिनामा १७ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साविक सानिमाको गएको साउनमा १० करोड ३५ लाख थियो भने साविक जनरल इन्स्योरेन्सको १२ करोड २५ लाख रुपैयाँ थियो । सानिमा जिआइसीले साविकका कम्पनीबाट पुरै व्यवसाय तान्न नसकेको देखिन्छ ।

समग्रमा मर्जर पनि निर्जीवन बीमा कम्पनीमा सिनर्जी राम्रै देखिन्छ । केहि कम्पनीको आन्तरिक व्यवस्थापनका समस्याले व्यवसायमा गिरावट देखिए पनि आगामी समयमा उनिहरुले पनि राम्रै व्यवसाय गर्न सक्ने देखिन्छ । चरम आर्थिक मन्दीमा मर्जर हुँदा क्षमता बढेपनि व्यवसाय भित्र्याउन सक्ने अवस्था छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया