रेमिट्यान्सको बृद्धिदर घट्यो, ४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब, श्रम स्वीकृति लिनेको संख्या भने बढ्यो
- BFIS News
- 2024 Dec Thu 17:18
काठमाडौं । बैदेशिक रोगजारमा गएका नेपालीले पठाउने रेमिट्यान्सको बृद्धिदरमा भारी गिरावाट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ९.१ प्रतिशतले बृद्धि भएको छ । यद्यपी गत वर्षको यहि अवधिमा यस्तो बृद्धिदर २२.२ प्रतिशत थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई रु.५२१ अर्ब ६३ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.५६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५२१ अर्ब ४३ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,४७,४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४,१०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १३७,४७५ र ६८,८४१ रहेको थियो ।
प्रतिक्रिया