ज्योति विकास बैंकका शेयरधनीको यस वर्ष पनि हात खाली
- BFIS News
- 2024 Dec Fri 11:17
काठमाडौं । ज्योति विकास बैंकले यस वर्ष पनि शेयरधनीको हात खाली राख्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश दिन सकेको छैन ।
बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।
यस बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट पनि सयेरधनीलाई लाभांश वितरण गरेको थिएन । यसअघि बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया