Nepal Life

अर्थतन्त्रमा सुस्तता आउदा कर्जाको बृद्धिदर ज्यादै न्युन

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Fri 11:50
अर्थतन्त्रमा सुस्तता आउदा कर्जाको बृद्धिदर ज्यादै न्युन
National Life

काठमाडौँ, मङ्सिर २८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा यस्तो कर्जा ५.१ प्रतिशतले बढेको छ ।

NIMB

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको आव २०८१/८२ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ६.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.७ प्रतिशतले घटेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा यस्तो दाबी १.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.० प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.२ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन एक खर्ब ४९ अर्बले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप परिचालन एक खर्ब ४९ अर्ब ८४ करोड रुपियाँ अर्थात् २.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ५४ अर्ब ६१ करोड अर्थात् २.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ४९ अर्ब ८४ करोड रुपियाँ अर्थात् २.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ५४ अर्ब ६१ करोड रुपियाँ अर्थात २.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ ।

गत कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको थियो । गत कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । गत वर्षको कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३६ प्रतिशत रहेको थियो ।

निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढ्यो 

चालु आवको चार महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ४७ करोड अर्थात् २.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९९ अर्ब ४० करोड अर्थात् २.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार