प्रभु महालक्ष्मी लाइफ ८ औं वर्षमा प्रवेश, कम्पनीका हरेक सूचकाङ्कलाई अझ मजबुद बनाउदै लैजाने प्रतिवद्धता
- BFIS News
- 2024 Dec Fri 13:43
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी ७ वर्ष पुरा गरेर आठौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले ८ वर्ष अगाडी आजैका दिन अर्थात २०७४ साल मंसिर २८ गतेदेखि विधिवत रुपमा आफ्नो व्यवसायिक कारोबार शुभारम्भ गरेको थियो ।
कम्पनीले तत्कालिन बीमा समितिमा २०७३ साल चैत १७ गते विधिवत रुपमा तर्दा गराइ २०७४ भदौ ७ गते बीमकको प्रमाणपत्र प्राप्त गरेको थियो । प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट प्राली, प्रभु इन्भेष्टमेन्ट, प्रभु म्यानेजमेन्ट, प्रभु क्यापिटल, विराट कुमार श्रेष्ठ, देवी प्रकाश भट्टचन, शुशिल थापा, सनराइज होल्डिङ लगायको प्रमुख लगानीमा स्थापना भएको प्रभु लाइफ र साविक महालक्ष्मी लाइफ मर्जर पश्चात प्रमुख महालक्ष्मी लाइफ बन्न पुगेको हो ।
सुरुवातिदिनदेखि नै संस्थागत सुशासनमा जोड दिदै आएको कम्पनीले छोटो समयमै आफुलाई नेपालका अधिकाम्स जिल्लामा पुर्याउन सफल भएको थियो । नेपाल बीमा प्राधिकरणको मर्जरको नीतिलाई अंगिकार गर्दै कम्पनीले महालक्ष्मी लाइफ सँग मर्जर गर्न पुगेको थियो । मर्जर सँगै कम्पनी चुक्ता पूँजी, शाखा सञ्जाल तथा हरेक सूचकमा बलियो बन्न पुगेको छ ।
मर्जर पछि कम्पनीले आफ्नो व्यवसायिक बृद्धिदरलाई क्रमिक रुपमा बढाउदै लगेको छ भने बजार हिस्सालाई पनि बढाउन सफल भएको छ ।
यस प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौ वार्षिकोत्सव मनाउन पाउदा गौरवान्तवित महशुस भएको भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यहाँसम्मको यात्रामा कम्पनीलाई शुभेक्षा प्रकट गर्नुहुने महानुभाव, कम्पनीलाई विश्वास गर्ने बीमितहरु, अहोरात्र खटिने अभिकर्ता, उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारी, कम्पनीलाई विश्वास गरि लगानी गर्ने शेयरधनी महानुभावहरु, सधै उत्प्रेरणा र सहि मार्गनिर्देशन गर्ने हालसम्मका सञ्चालक समितिका अध्यक्ष तथा सदश्यहरु, अभिभावकत्व प्रदान गर्ने नेपाल बीमा प्राधिकरण लगायतका नियमनकारी निकायहरु प्रति आभार प्रकट गर्दै कृतज्ञता व्यक्त गरेका छन् ।
कम्पनीको हालसम्मको सबै सूचकांकहरु सकारात्मक रहेको उनले बताए । उनले आगामी दिनमा सबै सूचकाङ्कहरुलाई अझ सशक्त बनाउदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई नेपाली बीमा बजारमा उत्कृष्ठ र विश्वसनीयता प्रवाह गर्ने कम्पनीको रुपमा स्थापित गर्ने अठोट गरेका छन् ।
यस कार्यमा उनले सबै प्रति सदाझै साथ र सहयोग निरन्तर रहने अपेक्षा समेत गरेका छन् । आगामी यात्रामा सबै सरोकारवाला पक्ष सँग यसै गरी हातमा हात र काधमा काध मिलाइ अगाडी बढ्ने प्रण गरेका छन् ।
कम्पनीले मर्जर पछि आफ्नो ब्राण्डिङलाई विशेष ध्यान दिदै सबैमाझ चिनाउने र परिचित गराउने काम गरिरहेको छ । यसै क्रममा नेपालका चर्चित कमेडियन मनोज गजुरेललाई ब्राण्ड एम्बास्डर नियुक्त गरि बीमित, अभिकर्ता र कर्मचारीलाई उत्प्रेरित गराउदै आएको छ । उनले 'ढुक ढुक होइन ढुक्क होऔँ प्रभु महालक्ष्मी लाइफमै जीवन बीमा गरौँ' भन्दै करोडौ नेपालीहरु माझ चिनाउने काम गरेका छन् । यसका अतिरिक्त कम्पनीलाई चिनाउन विभिन्न किसिमका ब्राण्डिङका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
आजका दिनमा प्रभु महालक्ष्मी लाइफ सँग ५५ हजार भन्दा धेरै अभिकर्ता, ११५ वटा शाखा सञ्जाल रहेका छन् । कम्पनीले एक लाख ५५ हजार वटा पोलिसी जारी गरिसकेको छ । कम्पनी सँग १८ वटा जीवन बीमा योजना छन् । जसले सबै वर्गका मानिसहरुको चाहनालाई पुरा गर्न सकेको छ ।
जीवन बीमा व्यवसायलाई थप व्यवस्थित गर्न भरपुर मात्रामा प्रविधिको प्रगोग गर्नुका साथै बीमितहरुलाई घरैबाट बीमा शुल्क भुक्तानी गर्न सजिलो होस भनेर इसेवा, कनेक्ट आइपिएस, खल्तीलाई पेमेन्ट पार्टनरका रुपमा चयन गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । कम्पनीले मर्जर पछि पनि शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । मर्जर अगाडी साविक प्रभु लाइफले ९.८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पनि लगभग यहि अनुपातमा लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।
कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब १३ करोड नाघिसकेको छ । कम्पनीका अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १२० रुपैयाा भन्दा माथि छ । जगेडा कोषमा ६२ करोड भन्दा धेरै रकम रहेकाले कम्पनीको लाभांश दिन सक्ने क्षमता छ । एक्चुरियल मूल्याङ्कन पछि यस्तो रकम अझ बढ्ने हुँदा कम्पनीलाई लाभांश वितरण गर्न कुनै पनि समस्या छैन ।
प्रतिक्रिया