Nepal Life

बीमा प्राधिकरणका कार्यवहाक अध्यक्ष मदन दाहालले सम्हाले कार्यभार

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Fri 19:05
बीमा प्राधिकरणका कार्यवहाक अध्यक्ष मदन दाहालले सम्हाले कार्यभार
National Life

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त कार्यबहाह अध्यक्ष मदन दाहाले कार्यभार सम्हालेका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दाहाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 

NIMB

सपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्ने क्रममा उनले बीमाको दायरा बृद्धि हुनेगरी बीमाको मुल्य मान्यता र सिद्धान्त अनुरुप अघि बढ्ने बताएका छन् ।  साथै कुनै पनि मानिसले हचुवाको भरमा सुनाएको कुरामा आफुले निर्णय नलिने बताएका छन् ।

शुक्रबार बीमा प्राधिकरणको कार्यालय कुपण्डोलमा पुगेर कार्यभार सम्हाल्दै उनले भने, ‘कुनै कर्मचारीले वा कुनै पनि मानिसले हचुवाको तालमा सुनाएको कुराको आधारमा मैले निर्णय लिदैन । कुनै विषयमा निर्णय लिँदा आवश्यक रुपमा अध्ययन गरेर मात्र निर्णय लिन्छु।’

‘मैले बीमा प्राधिकरणको बारेमा थुप्रै नकारात्मक कुराहरु सुनको छु।’ उनले भने, ‘आजदेखि नै सबै कर्मचारीहरुले त्यस्ता कार्यहरु तुरुन्त छोड्नुस । मैले कर्मचारीहरुको तलब बाहेकका अन्य कुनै गलत स्रोतबाट आएको पाएमा समेत तत्कालै कारबाहीको भागेदार बनाउने छु।’

दाहालले अर्को व्यवस्था नभएसम्म प्राधिकरणको जिम्मेवारी सम्हाल्ने छन् । सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरे सँगै निलम्बनमा परेका थिए । सिलवाल निलम्बनमा परे सँगै सरकारले हिजो उनलाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया