Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सहायकदेखि म्यानेजरसम्मका लागि रोजगारीको अवसर, धेरै संख्यामा आवेदन खुला

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sat 06:38
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सहायकदेखि म्यानेजरसम्मका लागि रोजगारीको अवसर, धेरै संख्यामा आवेदन खुला
National Life

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर एसिस्टेन्टदेखि म्यानेजर पदसम्मका लागि कर्मचारी आह्वान गरेको हो । 

NIMB

कम्पनीले मार्केटिङ विभाग तर्फ ५ जना म्यानेजर पदका लागि दरखास्त खुला गरेको छ । यसका लागि स्नतक वा स्नातकोत्तर उत्तीर्ण गरि १० वर्षको कार्यानुभव हुनु पर्नेछ । सोहि विभागका लागि १० जना एसिस्टेन्ट म्यानेजर पदमा कर्मचारी आवश्यक परेको कम्पनीले जनाएको छ । 

काठमाडौ उपत्यका भन्दा बाहिरका शाखा कार्यालयहरुका लागि सिनियर अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट कर्मचारी आह्वान गरेको छ । 

यहि मंसिर २१ गतेदेखि आह्वान गरिएको उक्त पदमा यहि मितिदेखि १५ दिन भित्रमा आवेदन दिइसक्नु पर्नेछ । इच्छुक आवेदकले अनलाइनबाटै आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया