Nepal Life

शिवम् सिमेन्टको लाभांश ९ प्रतिशतमा खुम्चियो, शेयर बजारका लगानीकर्तालाई खुसी पार्न बोनस शेयर दिदै

NMB Bank
  • BFIS News
  • 2024 Dec 16 11:29
शिवम् सिमेन्टको लाभांश ९ प्रतिशतमा खुम्चियो, शेयर बजारका लगानीकर्तालाई खुसी पार्न बोनस शेयर दिदै
United Ajod

काठमाडौं । शिवम सिमेन्टको लाभांश ९ प्रतिशतमा खुम्चिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

यसका साथै सो बैठकले पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया