Nepal Life

एनएमबी बैंकले तीन अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, पुस २५ गते साधारणसभा आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Mon 11:39
एनएमबी बैंकले तीन अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, पुस २५ गते साधारणसभा आह्वान
National Life

काठमाडौं ‍। एनएमबि बैंक लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 

 

NIMB

बैंकले १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि एनएमबिले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया