राष्ट्रिय बीमा कम्पनीले डाक्यो साधारणसभा, पेण्डिङ लेखापरीक्षण सम्पन्न नभएसम्म लाभांशमा रोक
- BFIS News
- 2024 Dec Mon 12:08
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले लाभांश विना नै दुई आर्थिक वर्षको लेखापरीक्षण पारित गर्न साधारणसभा आह्वान गरेको छ । यद्यपी नेपाल बीमा प्राधिकरणले अहिलेसम्मका पेण्डिङ सम्पुर्ण लेखापरीक्षण सम्पन्न नभएसम्म लाभांश दिन नपाउने व्यवस्था गरे सँगै साधारणसभामा लाभांशको प्रस्ताव गरेको छैन ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा बोलाएको छ । सभा पुस २४ गते अनमोल क्याटरिङ सर्भिस प्रालि, शंकमूल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७५ देखि २०७९ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । बिमाले सञ्चालकहरुको बैठक भत्ता ६ हजार र पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार पुर्याउने प्रस्ताव पेश गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया