प्रभु महालक्ष्मी लाइफको ४२ लाख ९६ हजार कित्ता बोनस शेयर सूचिकृत
- BFIS News
- 2024 Dec Mon 18:18
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ४२ लाख ९६ हजार कित्ता बोनस शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीको गएको असोज २३ गते सम्पन्न साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर पारित गरेको थियो ।
बोनस शेयर पारित सँगै कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७२ करोड पुगेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी जुटाउन साधारणसभाबाट ७ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि पारित गरेको थियो । यद्यपी कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आर्जित नाफाबाट बोनस शेयर दिएरै ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।
प्रतिक्रिया