Nepal Life

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध, उपाध्यक्षमा ग्लोबल आइएमईका सुरेन्द्र रेम्मी

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Mon 20:15
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध, उपाध्यक्षमा ग्लोबल आइएमईका सुरेन्द्र रेम्मी
National Life

काठमाडौं । बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संघठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । बजारमा हल्ला चले अनुसार कोइराला बाहेक कसैले पनि उम्मेद्वारी दर्ता नगराए सँगै उनि निर्विरोध निर्वाचित भएका हुन् । उनि निर्वाचित भएको घोषणा भोलि मात्रै हुनेछ ।

NIMB

यस अगाडी उनि उपाध्यक्ष थिए । उनि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी चयन भएका छन् ।

संघमा रिक्त रहेको तीनजना सदस्यको पदमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेय सर्वसम्मत रूपमा चयन भएका छन् । 

हाल संघको अध्यक्ष एनएमबी बैंकका सुनिल केसी छन् । त्यस्तै उपाध्यक्षमा कोइराला छन् । प्रायः उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष बन्ने ट्रेण्ड रहेको छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया