Nepal Life

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, १० प्रतिशत बोनस सहित २ प्रतिशत नगद लाभांश दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Tue 10:40
चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, १० प्रतिशत बोनस सहित २ प्रतिशत नगद लाभांश दिने
National Life

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।   

NIMB

यता, कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि चिलिमेले पुस १६ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । आर्थिक वर्ष २०७९-८० मा भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया