Nepal Life

लक्ष्मी सनराइज बैंकले पुस २४ डाक्यो वार्षिक साधारणसभा, ५ प्रतिशत बोनस शेयर पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Dec 17 11:01
लक्ष्मी सनराइज बैंकले पुस २४ डाक्यो वार्षिक साधारणसभा, ५ प्रतिशत बोनस शेयर पारित गर्ने
National Life

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश पारितको विशेष प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । बैंकले आगामी पुस २४ गते २४ औं वार्षिक साधारणसभा डाकेको हो । 

Shikhar
NIMB

अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे साधारणसभा शुरु हुने बैंकले जनाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया